दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइप्रसमा ल्होसारको रौनक: राजु लामाको विशेष उपस्थिति सहित भव्य ल्होसार कार्यक्रम आयोजना हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २८ गते, सोमबार १५:२०

मनिसा अर्याल , साइप्रस
तामाङ्ग समुदायको प्रमुख सांस्कृतिक पर्व ल्होसार २०२६ को अवसरमा लामा अपार्टको आयोजनामा भव्य सोनाम ल्होसार कार्यक्रम आयोजना हुने भएको छ। उक्त अवसरलाई अझ भब्य बनाउन चर्चित गायक राजु लामाको लाइभ म्युजिक सहित स्थानिय कलाकारहरुको विविध सांस्कृतिक साङ्गगेतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छ।

कार्यक्रम यहि आगामी १८ जनावरी आइतबार २०२६ का दिन Monte liza event hall in cyprus paphos सहरमा हुने भएको छ। सोनाम ल्होसार पर्वको सांस्कृतिक, धार्मिक र सामाजिक महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक ले जानकारी दिएको छ्।कार्यक्रममा तामाङ्ग समुदायका मौलिक नृत्य, लगायत विविध थुप्रै गीत, भेषभुषा तथा सामूहिक सांस्कृतिक प्रस्तुति समावेश रहनेछ।

कार्यक्रममा राजुलामाको प्रत्यक्ष लाईभ आकर्षणको केन्द्र रहने आयोजकले बताएका छ। उनका लोकप्रिय गीतहरूमा दर्शक तथा शुभेच्छुकहरू झुम्ने अपेक्षा गरिएको छ। साथै, कार्यक्रमले साइप्रसमा बसोबास गर्ने नेपाली तथा सम्पुर्ण नेपाली समुदायबिच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
आयोजक संस्थाले ल्होसार कार्यक्रम सफल बनाउन टिकट खरिदमार्फत सहयोग गर्न र साइप्रसको सबै सहरहरुमा टिकट पुगिसकेको हुँदा सम्बन्धित स्वयंसेवक साथिहरु सङ्ग सम्पर्क गरि आफ्नो टिकट सुरक्षित गर्नुहुन समेत हार्दिक अपिल गर्नुभएको छ ! विस्तृत जानकारीका लागि आयोजकहरूलाई फोनमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु