दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २९ गते, मंगलवार ७:०१

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज मंगलबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार निर्धारित समयमै बन्दसत्र प्रारम्भ गरिने तयारी गरिएको छ।

आचार्यले केन्द्रीय समितिले विशेष महाधिवेशनको औपचारिक जिम्मेवारी नलिए पनि नेतृत्व परिवर्तनसम्बन्धी कार्यविधि भने पहिले नै पारित भइसकेको स्पष्ट पारे। उनका अनुसार सोही कार्यविधिअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढाइनेछ।

यसैबीच, विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले बन्दसत्रको समग्र माहोल नेतृत्व यथावत् राख्ने पक्षमा नरहेको बताएका छन्। उनले सभापति शेरबहादुर देउवा उपस्थित भए पनि हलको धारणा परिवर्तन नहुने संकेत गरे।

पोखरेलका अनुसार बन्दसत्र सुरु हुँदा नेताहरू सहभागी नभए पनि प्रतिनिधिहरू प्रक्रिया रोक्ने पक्षमा नरहनेछन्। यसले विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको देखिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु