
काठमाडौ ।सामाजिक घटनामा आधारित टेलिचलचित्र कामनाले समाजमा घटेका घटनालाइ पर्दामा उतार्ने काम गरेकाे छ। RD मेडिया हाउस युट्युब च्यानल बाट कामना प्रशारण भैरहेकाे छ।
कामना सरियलले आगामी दिनमा युवा पुस्ताहरुलाइ समेट्दै अगाडि बढ्नेछ, जहाँ समस्या हुन्छ, समाधानकाे लागि कामना पात्रले पहल गरेकाे दृष्यहरु देखिदै जानेछ।
गर्न सक्याे भने, आफ्नै देशमा सबैथाेक छ, युवाहरुले जागर चलाउने हाे भने, आफ्नै देशलाइ माथी उठाउन सक्नेछन भन्ने कथालाइ देखाउदै लैजानेछ।
यश सिरियलका मुख्य पात्र एलिना थपलीयाले कामनाकाे भुमिका निर्वाहा गरेकि छिन भने अरु पात्रहरु बिपी सिग्देल ,शुभाष शाही, सुजन गीरी( काले भाई)माेहन अधिकारी ,चेतन खतिवडा ,सरु बराल र सरस्वती घिमिरे रहेका छन भने बालकलाकार दीपशिखा हुमागाईं को पनि अभिनय रहेको छ।
कामना सिरियल काभ्रे जील्ला बनेपा नगरपालीका वाड नम्बर ३ नाला भन्ने ठाउमा छायाङ्कन भैरहेकाे र युट्युब च्यानलमा हरेक शुक्रबार बेलुकी ७ बजे प्रशारण पनि भैरहेकाे छ।
यस कामना सिरियलका लेखक तथा निर्देशक एलीना थपलीया र प्रबिण खरेल हुन भनेयस सिरियलका निर्माता रीता पाेखरेल हुन। छायांकन सुबास लकान्द्री र सम्पादन सन्दिप चौधरीले गरेका हुन्।


