तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौंमा पाकिस्तानी  फुड फेस्टिभल–२०२६ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ ४ गते, आईतवार ९:०९

काठमाडौं । पाकिस्तान दूतावास काठमाडौंको सहकार्यमा आगामी फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटल काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६ आयोजना हुने भएको छ ।

फेस्टिभलमा पाकिस्तानका लोकप्रिय तथा स्वादिष्ट परम्परागत परिकारहरू बिरयानी, कबाब, कराही, नान, हलीम, टिक्का, मिठाइ लगायतका विभिन्न पाकिस्तानी स्वादिष्ट खानाका परिकारहरू एकै ठाउँमा मौलिक स्वाद लिन सकिने छ।

फेस्टिभलमा सहभागी हुन प्रति व्यक्ति प्रवेश शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। कार्यक्रम इलेभेन इलेभेनद्वारा क्युरेट गरिएको हो भने पर्ल–कन्टिनेन्टल होटल्स एन्ड रिसोर्ट्स क्युलिनरी पार्टनर रहेको छ। ट्राभल पार्टनरका रूपमा गुल अहमद रहेको छ।

फुड फेस्टिभलले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु