
माघ ७, काठमाडौं । ११ औं राष्ट्रिय योग दिवसको उपलक्षमा विशाल मिलन वैज्ञानिक योग केन्द्रले तयार पारेको योग गीत नाचौं नाचौं भो जीवन हाँसौं हाँसौ भो को भिडियो एक समारोहविच बरिष्ठ संगीतकार तथा गायिका मीरा राणाले लोकापर्ण गर्नु भयो ।
एक सप्ताह अघि काठमाडौंको मणिचुड निकुन्ज र विशाल मिलन केन्द्र वैज्ञानिक योग हलमा छायांकन गरिएको योग गीतका रचनाकार डा. विज्ञान भिक्षु, संगीतकार उत्तम आचार्य, र गायक गायिकामा उत्तम आचार्य, किशोर सेढाई, बन्दना थापा, सोनु गुरुङ्ग रहनु भएको छ ।
यस योग गीतको निर्माता डा. विज्ञान भिक्षु र डा.दीपकचार्य रहनु भएको छ भने यस भिडियोको निर्माण दिव्य दर्शन टेलिभिजनले गरेको छ । यसैगरी यस भिडियोको निर्देशन मणि पाण्डेले गर्नु भएको छ ।
यसैगरि यस भिडियोको कोरियोग्राफ बन्दना थापाले गर्नु भएको छ भने यस भिडियोमा सोनु गुरुङ्ग, माया चन्द ठकुरी, अनिता श्रेष्ठ, रमीला थापा, रामशोभा श्रेष्ठ,मीना बस्नेत,इस्वरा डी.सी, झरना सिंहले गर्नु भएको छ ।
यस योग गीतको भिडियो अव दिव्य दर्शन टेलिभिजनमा नियमित रुपमा विहान प्रसारण हुन्छ ।


