दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फुटवेयर म्यानुफ्याक्चरर्स एशेसिएसन अफ नेपालको निर्वाचन सम्पन्न,सुरज बन्जाडे अध्यक्षमा निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १० गते, शनिबार ७:३७

काठमाडौँ — फुटवेयर म्यानुफ्याक्चरर्स एशेसिएसन अफ नेपाल (एफएमएएन) को मिति २०८२–१०–०८ गते सम्पन्न निर्वाचनबाट मनोनित कार्यसमितिको प्रथम नामावली प्रकाशित गरिएको छ।

निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा ज्ञानेन्द्र प्रसाद दाहाल र सुरज बन्जाडे उम्मेदवार रहेका थिए। निर्वाचनबाट सुरज बन्जाडे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने अन्य कार्यसमितिका पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनुभएको एशेसिएसनले जनाएको छ।

निर्वाचित कार्यसमितिको विवरण तपसिलअनुसार रहेको छः

अध्यक्ष (१)
– सुरज बन्जाडे, पवित्रा सुज इण्डष्ट्रिज प्रा.लि.
(प्रत्यासीः ज्ञानेन्द्र प्रसाद दाहाल, मेघा शूज इण्डष्ट्रिज प्रा.लि.)

वरिष्ठ उपाध्यक्ष (१)
– दिपेन्द्र थापा, डि.एम.एस. बुट इण्डष्ट्रिज

उपाध्यक्ष (३)
– योगेन्द्र पाण्डे, एभरेष्ट नेपाल फुटवेयर
– जिवन कुमार श्रेष्ठ, स्मार्ट सुज इण्डष्ट्रिज प्रा.लि.
– शंकर कुमार गौतम, हिमाली टाइगर शूज एण्ड स्लिपर प्रा.लि.

महासचिव (१)
– निर्मल भट्टराई, निमसन फुटवेयर इण्डष्ट्रिज प्रा.लि.

उपमहासचिव (१)
– सुदिप बराल, एम्बिसन फुटवेयर प्रा.लि.

सचिव (१)
– छविलाल पौडेल, एशियन फुटवेयर प्रा.लि.

कोषाध्यक्ष (१)
– कुमार न्यौपाने, स्टाइल शूज इण्डष्ट्रिज प्रा.लि.

सदस्यहरू (९)
– विष्णु प्रसाद पौडेल, एपेक्स शूज इण्डष्ट्रिज प्रा.लि.
– शौजन उपाध्याय, वेश फुटवेयर इण्डस्ट्रिज प्रा.लि.
– रोहित कुमार कार्की, कोहिनुर शूज प्रा.लि.
– चोला प्रसाद पाठक, आस्था फुटवेयर इण्डष्ट्रिज
– अशोक कुमार श्रेष्ठ, अनमोल प्याकेजिङ प्रा.लि.
– सडकेत मुरारका, शिनाम फुटवेयर प्रा.लि.
– राजेश बगडिया (अग्रवाल), जयश्री पियुटेक
– करन गौतम, स्टार शूज प्रोडक्सन
– कुमार लामिछाने, कम्फर्ट फुटवेयर जोन प्रा.लि.

नव-निर्वाचित कार्यसमितिले नेपाली फुटवेयर उद्योगको प्रवर्द्धन, उत्पादनको गुणस्तर अभिवृद्धि तथा व्यवसायीहरूको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु