तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

यु–१५ प्याब्सन क्रिकेट लिग माघ २८ गतेदेखि हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १४ गते, बुधबार ६:५८

प्याब्सन काठमाडौंको आयोजनामा यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नवराज भट्टले जानकारी दिए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष भट्टले यसै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरी सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गरिने बताउदै विद्यालय क्रिकेटको संस्थागत विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए ।
आयोजक प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग संयोजक धनबहादुर पुनले प्रतियोगिताबाट उदीयमान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुनेछ । टी–२० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा फागुन ६ गतेसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु