
काठमाडौं – ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै ग्रीन भ्याली रिसोर्टले फेब्रुअरी ७ देखि १४ फेब्रुअरी सम्म विशेष अफर सार्वजनिक गरेको छ ।
प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन कपल (जोडी) को लागि ११५०० मा भिल्ला स्टुडियो,१२५०० मा भिल्ला डिलक्स, १३००० मा सुपर डिलक्स रोमान्टिक कोठा,वेलकम ड्रिंक,क्याण्डल लाइटस् तीन कोर्स डिनर,वाइन वा स्पार्कलिंग वाइन बिहानको ब्रेकफास्ट सहितको बिशेश अफर ल्याएको महाप्रबन्धक गणेश श्रेष्ठले जानकारी दिए ।
राजधानीको कोलाहल,अनावश्यक तनावबाट सहरलाई छलेर परिवारसँग स्वस्थ र स्वच्छ हावा,शान्त र रमाइलो प्राकृतिक सौन्दर्य मनमोहक दृश्य,विभिन्न प्रजातिका वनस्पति र जीवजन्तुहरू अवलोकन गर्ने काठमाडौ उपत्यकाबाट सबैभन्दा नजिकको गन्तव्य हो ग्रीन भ्याली रिसोर्ट ।
महाराजगन्जबाट ऐतिहासिक नगरी बुढानिलकण्ठ मन्दिर हुँदै ५.५ किलोमिटर पहाडको टुप्पोमा प्रकृतिको अवलोकनका साथै मनोरम शिवपुरी राष्ट्रिय निकुन्जको अवलोकन चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै पुगिन्छ ग्रीन भ्याली रिसोर्ट।
२० रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता भएको दुईवटा सुविधा सम्पन्न पिकनिक स्पट रहेको छ। फेमिली डिलक्स,डिलक्स डवल, डिलक्स ट्विन,र सुपर डिलक्स गरी ३६ कोठाहरु रहेका छन् ।


