दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रीस्वस्थानी व्रतकथाको आज विधिवत् समापन गरिँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १८ गते, आईतवार ७:५२

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने श्रीस्वस्थानी व्रतकथाको आज विधिवत् समापन गरिँदैछ। माघ शुक्ल पूर्णिमाका दिन व्रतको उद्यापन गरी भक्तजनहरूले नित्य पाठ, पूजा–आराधना र दान–पुण्य गर्दै व्रत समाप्त गर्ने परम्परा रहेको छ।

एक महिनासम्म शिव–पार्वतीको महिमा वर्णन गरिएको श्रीस्वस्थानी व्रतकथा श्रवण गर्ने, सात्विक भोजन गर्ने तथा नियम–संयम पालना गर्ने धार्मिक मान्यता छ। व्रत समापनका दिन व्रतालुले नदी, कुण्ड वा तीर्थस्थलमा स्नान गरी कथा विसर्जन गर्ने चलन रहेको छ।

आज देशभरका पशुपतिनाथ, शालीनदी, गोसाइँकुण्ड, देवघाटलगायत प्रमुख शिवालय र तीर्थस्थलमा भक्तजनको विशेष भीड देखिएको छ। विशेषगरी शालीनदी क्षेत्रमा श्रीस्वस्थानी व्रत बस्ने महिलाहरूको उल्लेखनीय उपस्थिति रहने गर्दछ।

धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक व्रत बसेर कथा समाप्त गरे मनोकामना पूरा हुने, परिवारमा सुख–शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। व्रत समापनसँगै भक्तजनहरूले पूजा सामग्री, तिल, वस्त्र तथा अन्न दान गर्ने परम्परा पनि निभाउँदै आएका छन्।

श्रीस्वस्थानी व्रतकथा समापनसँगै यस वर्षको स्वस्थानी पर्व औपचारिक रूपमा समाप्त हुँदैछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु