दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १९ गते, सोमबार १७:३४

-सचिन्द्र श्रेष्ठ

पर्वत समाज यूएईको अध्यक्षमा सर्बसम्मत पूर्ण भुसाल निर्वाचित भएका छन ।यूएईमा सक्रिय पर्बत समाज यूएईले आफ्नो साँतौ अधिवेशन‌ दुबईमा रहेको जयाज किचन रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।

आईतबार १ ,फेब्रुअरीमा सम्पन्न भएको पर्वत समाज यूएईको अधिवेशनले अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित कार्यसमितिको वरिष्ठ-उपाध्यक्षमा हरी प्रसाद शर्मा, प्रथम उपाध्यक्ष किशन पुलामि मगर सहित चार जना उपाध्यक्ष र महिला उपाध्यक्षमा रुपा कुमारी अधिकारी निर्वाचित भएका छन ।

सो अधिवेशनबाट महासचिवमा जीब नाथ शर्मा, सचिवमा रमेश तिवारी र संजिब अधिकारी निर्वाचित भएका छन भने कोषध्यक्षमा नबीन थापा र सह कोषाध्यक्षमा नारायण अधिकारी निर्वाचित भए, त्यसैगरि यस पटक देखि पालिका स्तरीय संयोजक समेत चयन गर्दै ५१ सदस्यहरू निर्वाचित भएका छन ।

उक्त अधिवेशनको उदधाटन गर्दै उप–महावाणिज्य दूत, नेपाली महावाणिज्य दूतावास, दुबई, युएईका कृष्ण प्रसाद चापागाईंले आफू जन्मेको ठाऊ र समाजका लागि आफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनु पर्नेमा सम्पुर्ण पर्बतेलीले बिशेष जोड दिनु पर्ने बताए ।

अधिबेसन कार्यक्रममा पर्बत बाट रोजगारीको सिलसिलामा आएका एक जना घाइतेलाई समाज देखि आर्थिक सहयोग समेत हस्तांतरण गरिएको थियो।

त्यसैगरी, विशिष्ट अतिथि पर्बत समाज युएईका संरक्षक श्री मोहन शर्मा ,आजीवन सदस्यहरू तथा साधारण सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

अधिबेशनमा एनआरएन यूएई,बिज़नेस काउन्सिल यूएई, नेपाली समाज यूएई,स्याङ्गजा समाज यूएई, मोना यूएई लगायतका संघ संस्थाले नव निर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना मन्तब्य दिएका थिए ।

पर्बत समाज युएईलाई यहाँ सम्म आइपुग्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूले पुर्‍याउनु भएको योगदान, सेवा र समर्पणको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।

समाजका अध्यक्ष तिलक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सन् २०१३ देखि मणि भुर्तेलको संयोजकत्वमा पर्बत समाज यूएई गठन भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु