दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइप्रसमा तमु प्ये ल्हु संघ गठन,अध्यक्षमा हेमा तमु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २३ गते, शुक्रबार ७:०१

मनिसा अर्याल साइप्रस

तमु जातीहरुको मौलिक भाषा, धर्म, संस्कार, संस्कृती तथा भेषभुषा को संरक्षण र संवर्धन गरौ र साइप्रसमा कार्यरत सम्पुर्ण तमुहरुलाई एकिकृत गरि हातेमालो गर्दै अगाडि बढौ भन्ने मुल उदेश्य को साथ केन्द्रीय संस्था तमु प्ये ल्हु संघ केन्द्रीय समिति पोखरा नेपालबाट अनुमति प्राप्त गरी साइप्रसमा पनि तमु प्ये ल्हु संघ प्रवास शाखा साइप्रसमा पनि गठन गरिएको छ।
साइप्रसमा महिला हेमा तमुको अध्यक्षतामा तमु प्ये ल्हु संघ प्रवास शाखा तदर्थ समिति गठन गरिएको जानकारी प्राप्त भएको छ।
तमु प्ये ल्हु संघ प्रवास शाखा साइप्रसको हालै जुम मिटिङ मार्फत सम्पन्न तदर्थ समितिको अध्यक्षमा हेमा तमु सर्वसम्मत चयन भएको छ ।
तमु प्ये ल्हु संघ साइप्रसको तदर्थ समिति जुम मिटिङ मार्फत गठन भएको हो ।
कर्म गर्ने सिलसिलामा साइप्रस पुगेका तमुहरु तमु प्ये ताँ ल्हु ताँ को संरक्षणमा संगठित भएका हो।

हेमा तमुको गठित तदर्थ समितिको उपाध्यक्षमा निरज तमु चयन भएका छन भने सचिवमा जानुका तमु,कोषाध्यक्षमा राधिका तमु, सहसचिवमा निशान तमु र किशान तमु, सहकोषाध्यक्षमा पृतम तमु सर्वसमत चयन भएका छन ।
यसैगरी सकृय सदस्यहरुमा कृपा तमु, मनोज तमु, हेमन्त तमु, श्रीजना तमु छन । भने साधारण सदस्यहरुमा पृतम तमु, रेखा तमु, जोनिशा तमु, कुसुम तमु, समिर तमु, हर्ष तमु, विवश तमु र आस्ना तमु निर्वाचित हुनुभएको छ।
यसैगरी सल्लाहकारहरुमा शिव कुमार तमु, तुल्सी तमु, उमा तमु र सीता तमु रहेका छन।

नवगठित तमु प्ये ल्हु संघ प्रवास शाखा साइप्रसको तदर्थ समितिको अध्यक्ष हेमा तमु लगायत पदाधिकारीहरु, सकृय सदस्यहरु, साधारण सदस्यहरु र सल्लाहकारहरुमा हार्दिक बधाई तथा कार्यकाल भब्य रहोस हार्दिक सुभकामना.

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु