तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २७ गते, मंगलवार ६:०४

कोहलपुर, : जस्मिन पेन्ट्सको उपभोक्ता योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग” को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ।
ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्र मार्फत कौशिलानगर, कोहलपुरकी देवी बुढा विजेता छनौट हुनुभएको थियो। बाँकेको कोहलपुरस्थित एस.के. ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले विजेता बुढालाई आधिकारिक रूपमा जापान भ्रमणको टिकट हस्तान्तरण गर्नुभयो।
विगत ३२ वर्षदेखि गुणस्तरीय रङ्ग उत्पादन गर्दै आएको नेपालको नम्बर १ नेपाली पेन्ट्स, जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरुलाई पुरस्कृत गर्ने क्रममा यस योजना ल्याएको थियो र नेपाली मनको रङ्ग भन्ने स्लोगनका साथ अगाडि बढेको कम्पनीले आगामी दिनहरुमा पनि गुणस्तरीय उत्पादनहरु नेपालभरीका ग्राहकहरुलाई रङ्ग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु