तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २७ गते, मंगलवार ६:१७

नेपाल एडभेन्चर रनिङ महासंघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा÷ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कमलादीस्थित होटल रोयल सिंगीमा भएको महासंघको वार्षिक साधारण सभाका अवसरमा खेलाडीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा अर्जुन कुलुङ राई, सुनसरी रोकाया, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, सुमन कुलुङ राई, गोपाल तामाङ र लाक्पा निग्मा शेर्पा रहेका छन् ।
सोही अवसरमा विश्व प्रसिद्ध गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल एवं प्रतिभावान खेलाडी उत्पादनमा सक्रिय पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । संस्थातर्फ हिमालयन एक्सट्राइ प्रा.लि. र हिमालयन रनिङ क्लब, ललितपुर सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले एक कार्यक्रमबीच सम्मान गरे ।
साधारण सभाले वार्षिक प्रतिवेदन पारित गरेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् । विभिन्न घरेलु प्रतियोगिता आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको छ । साधारण सभाले आगामी वर्षका लागि १ करोड १० लाख बजेट पारित गरेको अध्यक्ष कुँवरले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु