दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २९ गते, बिहीबार ६:३६

काठमाडौं। स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार समूह चरणका सबै ६ खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
समूह चरणको पहिलो खेलमा मारियो ग्रासरुट क्लबले बोलपुर टाउन क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुआत ग¥यो। दोस्रो खेलमा दिलीप मेमोरियल एफसी र एजी–१० फुटबल एकेडेमीबीच रोमाञ्चक ३–३ गोलको बराबरी भयो। तेस्रो खेलमा एजी–१० ले बोलपुर टाउन क्लबलाई ३–० ले हराउँदै महत्वपूर्ण जित दर्ता ग¥यो।
चौथो खेलमा मारियो ग्रासरुटले दिलीप मेमोरियल एफसीलाई ५–१ गोलले पराजित गर्दै आफ्नो दबदबा कायम राख्यो। पाँचौं खेलमा दिलीप मेमोरियल एफसीले बोलपुर टाउन क्लबलाई ५–३ गोलले हरायो। छैटौं तथा अन्तिम खेलमा मारियो ग्रासरुट र एजी–१० बीच प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरीमा सकियो।
समूह ‘बी’का लिग चरणका खेल सकिएसँगै मारियो ग्रासरुट क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलमा जावलाखेल युथ क्लब, काठमाडौं किकर्स, एजी–१० फुटबल एकेडेमी र मारियो ग्रासरुट क्लबले स्थान सुरक्षित गरेका छन्।
मंगलबारदेखि जावलाखेलस्थित डीएभी विद्यालय परिसरमा सुरु भएको प्रतियोगिताको समापन बिहीबार हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ फुटबल एकेडेमी तथा क्लबको सहभागिता रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु