दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यामाहा ब्लू स्ट्रिक्स राइड सफलता पूर्वक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २९ गते, बिहीबार १८:३८

काठमाडौं ।एमएडब्लू राइड्स अन्तर्गत नेपालभर सशक्त डिलर तथा सर्भिस नेटवर्क भएको विश्वकै लोकप्रिय टु व्हिलर ब्राण्ड यामाहाले यामाहा ब्लू स्ट्रिक्स राइड सफलता पूर्वक सम्पन्न गरेको छ। आफ्नो राइडर समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रवर्द्धन गर्न यामाहाद्वारा आयोजित उक्त राइड कर्माचार्य इन्टरप्राइज प्रा.लि., भरतपुरबाट सुरु भई ७२ किलोमिटरको दुरिमा रहेको मायाटारको लालिगुरास जंगल रिसोर्टमा समापन भएको थियो।
करिब ७२किलोमिटर दूरी तय गरिएको राइडमा कुल १७ जना यामाहा राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो। राइडका क्रममा विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो, जसमध्ये स्लो रेसमा सरिन नाहारकी विजयी भए।
यस यामाहा ब्लू स्ट्रीक्स राइडमा सहभागीहरू मध्येबाट राइडिङ अनुभव, सुरक्षित राइडिङप्रतिको प्रतिबद्धता, उत्साह र नेतृत्व क्षमताको आधारमा प्रशिल डल्लाकोटी र रिगोस बराल यस यामाहा ब्लु स्ट्रीक राइडको मार्शल छानिएको थियो।
यामाहा ब्लु स्ट्रीक्स यामाहा नेपालको आधिकारिक राइडिङ समुदाय हो जसले सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको प्रवर्द्धन गर्नुका साथै राइडरहरूबीच भाइचारा, अनुशासन र वास्तविक राइडिङ अनुभवलाई प्रोत्साहन गर्दै आएको छ। यामाहा नेपालले भविष्यमा पनि यस्ता समुदाय(केन्द्रित राइडहरू निरन्तर आयोजना गर्दै सुरक्षित, जिम्मेवार र अर्थपूर्ण राइडिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
एमएडब्ल्यू राइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुई(पांग्रे ब्रान्डमध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु