
मनिसा अर्याल ,साइप्रस
हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो ल्होसार (नयाँ वर्ष) २१५३ — मेफो ता ल्हो (घोडा वर्ष) को शुभ–अवसरमा
शेर्पा किदुक साईप्रस ले बिगतका वर्षहरूझैँ यस वर्ष पनि २०२६ मार्च ८ ,आइतबारका दिन निया फिएस्टा हल कातोपोलोमिडिया ,लिमासोलमा ग्याल्पो ल्होसार शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
विशेष अतिथि कलाकारहरू जर्मनबाट आमन्त्रित गायक ल्हाक्पा शेर्पा अमोद ,अमेरिकाबाट नेपालका पहिलो DJ तेन्जिन शेर्पा
साथै स्थानीय कलाकारहरूको बिजोड प्रस्तुति,स्याब्रु नृत्य,तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने आयोजक ले जानकारी दिएको छ।
उहाँहरुको लोकप्रिय गीतहरुमा दर्शक तथा सुभेच्छुकहरु झुम्ने अपेक्षा गरिएको छ।साथै साइप्रसमा बसोबास गर्ने नेपाली तथा शेर्पा समुदायबिच आपसी सद्भाव ,एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने बिश्वास लिइएको छ।
सो कार्यक्रमको प्रवेश शुल्क २० युरो खाना खाजा आवतजावतको लागि प्रत्येक सहरहरुबाट बसको समेत व्यवस्था गरिएको छ। साइप्रसलाई कर्मथलो बनाउदै आउनुभएको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिन कार्यक्रममा उपस्थिति भै कार्यक्रमलाई सभ्य,भब्य र सोभाननीय ढंगले सफल पार्नको लागि शेर्पा केदुक साइप्रसले अनुरोध समेत गर्नुभएको छ


