दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता : अनुहारका धर्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते, आईतवार ९:५१

–अल्का मल्ल
(कवि)

अनुहारभरि
कोरिएका धर्साहरु
समयका निःशब्द कथा जस्तै
कति मायालाग्दा हुँदारहेछन् है !
बिचरा
थकित उमेर !

पर्खाइले
खुम्चेका
शरीरका
हर अङ्गहरु
बिस्तारै– बिस्तारै
थाक्दै
मायालाग्दा
शिथिलतामा
चाउरीएका
रेखाहरु स्वयम्
समय सङ्ग सङ्गै
उत्रिँदै थिए ।
तर हार मानेन्
तिमीलाई पाउने
मनोकाङ्क्षाहरु…

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु