दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्वमन्त्री रामेश्वर फुयाल भन्छन् ‘जनताको थप सेवा गर्न पाइयोस् भनेर नै म उम्मेदवार भएको हुँ’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते, मंगलवार १९:५३

काठमाडौं, फाल्गुण ५ । नेकपा एमालेको तर्फबाट काठमाडौ–३ का प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर फुयालले ‘जिते पनि सेवा, हारे पनि सेवा’ भन्दै मत मागिरहेका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ ।

स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका उनले जनताको हित नै आफ्नो प्रमुख लक्ष्य भएको बताए । गाउँ विकास समितिका पूर्वअध्यक्षसमेत भएका उनले स्थानीयको समस्या पनि राम्रोसँग बुझेका छन् । ‘म दिनरात जनताको सेवामा नै हुन्छु, सके आफैं सहयोग गर्छु नसकेको ठाउँमा कहाँ कसलाई भन्नुपर्ने हो त्यो गरेको छु’ उनी भन्छन् ‘ राजनीतिमा लागेको एउटा व्यक्तिले जे–जे राम्रो काम गर्नुपर्ने हो त्यो सबै गरेको छु भन्ने लाग्छ ।’ उनले आफूसँग केही प्रश्न भए राख्न पनि मतदातालाई आग्रह गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानीका साथै नदी संरक्षण, ऐतिहासिक सम्पदाको संरक्षणका साथै जनताको जनजीविकाको विषयलाई प्राथमिकतामा राखेका छन् । सांसद हुँदा र नहुँदा पनि जनताको घरदैलोमा पुग्ने गरेका उनी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । ‘पार्टीमा नै सबै लाग्नुपर्छ भन्ने छैन तर मत भनें मलाई दिए पुग्छ, तपाइको मतको दुरुपयोग हुने छैन’ उनले भने ‘ म त जनताको सेवक हुँ, यस अर्थमा जनताको नोकर नै भने पनि हुन्छ ।’ उनले हिजो पनि जनताबाट टाढा नभएको र आज पनि जस्तोसुकै अवस्थामा पनि जनतासँग नै रहने स्पष्ट पारेका छन् ।

उनी अहिले चुनावी अभियानको क्रममा गाउँगाउँसम्म पुगेका छन् । गाउँमा मतदाताले गरेका गुनासा र समस्यालाई टिपेका उनले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं–३ बाट नै निर्वाचित भएका थिए । २०७४ सालको प्रदेशसभामा प्रदेश सांसद जितेका उनी वागमति प्रदेशको मन्त्री पनि भए । मन्त्री हुँदा आफूले गरेका काम पनि उनी मतदातालाई सुनाउँदै आएका छन् । ‘म राजनीतिलाई सेवा ठान्छु, यही अभियानमा अघि बढेको छु, एकपटक फेरि काम गर्ने अवसर पाएँ भनें बाँकी काम पूरा गर्ने छु’ उनले भने ‘विकास र समृद्धि मेरो एजेण्डा हो, यो क्षेत्रका जनताको मुहारमा परिवर्तन ल्याउने जिम्मा अब मलाई दिनुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु