दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अस्थिरताबाट स्थायित्वतर्फ कि फेरि गठबन्धन राजनीति ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते, मंगलवार १९:३५

            
प्रदिप भट्ट
लिखु गाँउपालिका -६ नुवाकोट

केहि समय अगाडि  नेपालमा सन् २०२५ को सेप्टेम्बर ८ मा एक नयाँ प्रकारको आन्दोलन सुरु भयो, जुन मुख्यतयाः Gen-Z (सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवा-जनसंख्या) ले नेतृत्व गरिरहेको आन्दोलनले परिचित थियो । यो आन्दोलन  सेप्टेम्बर ८ भन्दा केहि समय अगाडी नै सामाजिक सन्जाल टिक टक बाट शुरुवात भएको थियो । सामाजिक सन्जाल टिकटकमा यो आन्दोलन भ्रष्टाचार र NEPO-Kids (नेपोबायस्) विरुद्द  थियो ।  राजनीतिक परिवारहरुको सन्तानहरूलाई दिइने विशेष सुविधा र अवसरहरूको विरोध, साथै सार्वजनिक स्रोतहरूको दुरुपयोग र विभिन्न घोटालाहरूको  बिषयलाई लिएर युवाहरु बीच असन्तुष्टि  सामाजिक सन्जाल  टिक टक मार्फत पोखिरहेका थिए ।  यो असन्तुष्टी त्यतिवेला पोखियो जति वेला पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृव्वको सरकारले फेसबुक युटुव सहितका २६ वटा सामाजिक सन्जालमाथि प्रतिबन्द लगाएको थियो । यस असन्तुष्ट अब सामाजिक सन्जालमा मात्र हैन सडकै बाट सरकारलाई दबाब दिनु पर्दछ भनि टिक टक भरी सबै युवा पुस्तालाई अब सडकमा आउन आवह्न गरियो र यसमा विभिन्न कलाकार, समाजसेवी, केहि राजनितिक दलका केहि व्यक्तीले पनि समर्थन जनाए र उनिहरुले पनि युवाको आन्दोलनमा साथ दिन सबैमा आवह्वन गरे । त्यो सामाजिक सन्जाल टिक टक बाट निस्किएको विद्रोह सेप्टेम्वर ८ मा माईतिरघर देखी बानेश्वर सम्म देखियो । पहिले सामान्य प्रर्दशन मात्र गरिरहेका  एकाएकयुवाहरु वानेश्वर तर्फ अगाडि बढ्यो र प्रहरीले त्यो भिडलाई रोक्न खोज्दा  प्रहरी र युवाहरु विच मुडभेड सुरु भयो । यहाँ आन्दोलनको अगुवाई गर्ने कोहि नेतृव्व थिएन यो केवल स्तस्फुर्त आएका बिधार्थी र युवाहरुको जमात थियो । विगत १०-१५ वर्ष देखी यो राजनितिक दलहरुको भ्रष्टाचार, असमानता, बेरोजगारी, शिक्षा-व्यवस्था अपर्याप्तता, विदेश रोजगारीमा निर्भरता ले आक्रान्त भएर सहनै नसकेका युबाहरुको आक्रोस सामान्य थिएन । बंगलादेश र श्रिलंका को घटना हेरिसकेको यो आक्रोसित भिडले संसद भवन भित्र छिर्ने प्रयास गर्यो । सोहि क्रममा यति ठुलो मुडभेड भयो कि यो नेपालकै इतिहासमा अकल्पनिय घटना बन्न पुग्यो । ७२ जनाको ज्यान गयो हजारौको संख्यामा घाईते भए भने खर्बौ रकम बराबरको सार्वजनीक तथा निजि सम्पतिको क्षती हुन पुग्यो ।आन्दोलन पछि सरकारको नेतृत्वगर्नको लागी धेरै विकल्पहरुको खोजि भयो र अन्नत पुर्व प्रधानन्यायाधीश शुसिला कार्कीको नेतृत्वमा ६ महिनामा चुनाब गराउने गरि अन्तरिम सरकार गठन भयो । हाल सोहि सरकारको नेतृत्वमा फाल्गुन २१ गते चुनाव हुदैछ ।

 

जेन्जि आन्दोलनले धेरै राजनितिक दलको नेतृत्वमा परिवर्तन ल्यायो । नेकपा माओवादी केन्द्र अन्य कम्युनिष्ट पार्टि सगँ एकता गरि नेपाली कम्युनिष्ट पार्टि बन्न पुग्यो र प्रचण्डलाई संयोजक बनाईयो । त्यस्तै नेकपा एमालेमा पनी ठुलो विद्रोह भयो तर पार्टि नेतृत्वमा पुन केपि शर्मा वली नै अध्यक्ष बने ,नेपाली काङ्ग्रेस पार्टिमा पनि यति ठुलो विद्रोह भयो कि झण्डै झण्डै पार्टि फुटको संघारमै पुग्यो र अन्तिममा विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नेपाली काग्रेस बन्न पुग्यो । राष्टिय स्वतन्त्र पार्टिले भने बालेद्र शाहलाई प्रधानमन्त्री बनाउने प्रस्तावनामा रवि लामिछाने लाई नै सभापती बनाएर अगाडि बढेको छ भने यस विचमा धेरै राजनितिक दलको उदय पनि भएको छ ।

देश चुनावको मुखमै छ । अबको ९ दिनमा चुनाव छ । सबै राजनितिक दलका उमेद्वारहरु गाँउ बस्तीमा भोट माग्दै छन्। कोही आफ्नो पार्टि र आफ्नो योग्यता क्षमताको बारेमा जनतालाई बुझाउदै भोट माग्दै छन् भने कोही अन्य पार्टि र उमेद्वारको विरोध र तुलना गरेर भोट माग्दैछन् ।  यो पटकको चुनावमा अहिले सम्म कुनै पनि राजनितीक दलहरु विच गठबन्दन भएको छैन । त्यसैले पनि यो पटकको चुनाव निकै रोचक हुने देखिन्छ । युवा पुस्ताको त्याग र बलिदानले निम्ताएको यो निर्वाचनले नयाँ नेतृत्वको खोजिमा छ । युवा पुस्ताहरु नयाँ अनुहारलाई अवसर दिनुपर्छ भन्दै नयाँ राजनितिक दलका समर्थनमा भोट मागिरहेका छन् भने Gen-Y र त्यो भन्दा अगाडिको पुस्ताले पुरानै राजनितिक दल र नेतृत्व देशको लागी आवश्यक रहेको भन्दै पुर्खौली पार्टिलाई कै समर्थनमा छन्। त्यसैले यो पटक  धेरै मतदाता अलमलमा पनी छन् । एउटै परिवारमा मतविभाजन हुने देखिएको छ । बाबु काग्रेसको लागी भोट मागिरहेका छन् भने छोरा सुर्य मा भोट हालौ भन्दै छ भने श्रीमती घन्टि चिन्हमा मतदान गरौ भन्दै टिकटक बनाउदै छिन् । त्यसैले यो पटकको चुनावी नतिजा कस्तो आउने छ भन्ने यस्सै आँकलन गर्न सकिदैन ।

नेपालको जनसंख्या संरचना युवा-प्रधान भएकाले यो निर्वाचनमा युवा मतदाताको भूमिका निर्णायक बन्ने देखिन्छ। सामाजिक सञ्जालमार्फत बहस, प्रत्यक्ष संवाद र अभियानहरूले चुनावी अभ्यासलाई नयाँ आयाम दिएका छन्। मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन देखिन्छ। त्यसैले चुनावपछि पुनः गठबन्धन सरकार बन्ने सम्भावना बलियो छ।

यदि स्पष्ट बहुमत नआएमा साना दलहरूको भूमिका निर्णायक बन्न सक्छ, जसले सरकार गठन प्रक्रियालाई जटिल बनाउन सक्छ। स्थायित्वको अपेक्षाबीच पुनः अस्थिर समीकरण दोहोरिने जोखिमलाई पनि नजरअन्दाज गर्न सकिँदैन। त्यसैले यो पटक हामी सबैले आफ्नो मताधिकारको सहि सदुपयोग गरौ ।

 

फाल्गुन २१ केवल मतदानको दिन होइन— यो लोकतन्त्रप्रतिको विश्वासको परीक्षण हो। मतदाताले स्थायित्व, विकास र सुशासनको पक्षमा स्पष्ट जनादेश दिन सके भने राजनीतिक दलहरूलाई जिम्मेवार र उत्तरदायी बन्न बाध्य पार्न सकिन्छ।

यो चुनाव मतपत्रबाट स्थायित्व खोज्ने घडी हो,अब प्रश्न दलहरूको होइन, जनताको निर्णयको हो। मतपत्रले के स्थायित्वको बाटो खोल्छ, कि फेरि अस्थिरताको चक्र दोहोरिन्छ? नेपालको आगामी राजनीतिक दिशा अब जनताकै हातमा छ।

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु