दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संस्कृति संरक्षणका लागि फेसियल हाउसको होली फोटो सुट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते, बिहीबार ११:१५

काठमाडौं । हाम्रो सस्कृति हाम्रो पहिचान अन्तर्गत फेसियल हाउसले आफ्ना विद्यार्थीहरूसँग होली पर्वको अवसरमा विशेष सांस्कृतिक फोटो सुट आयोजना गरेको छ। नेपाली कला, संस्कृति र मौलिक पहिचान जोगाउने उद्देश्यले कार्यक्रम गरिएको फेसियल हाउसकी प्रबन्धक सुष्मा महराले बताउनुभयो।

उहाँका अनुसार संस्कृति जोगाउनु हामी सबैको दायित्व हो। त्यसैले हरेक पर्वलाई उत्साह, सद्भाव र पहिचानसँग जोड्दै मनाउन यस्ता सिर्जनात्मक गतिविधि आवश्यक छन्। यही सोचअनुसार होलीको अवसरमा सबै जातजातिको भेषभूषालाई समेट्दै सांस्कृतिक फोटो सुट गरिएको हो।

फोटो सुटमा विशेषगरी नेवारी, क्षेत्री, थारु लगायत विभिन्न समुदायका परम्परागत पोसाकमा विद्यार्थीहरूले तस्बिर खिचाएका थिए। रङ्ग, पहिरन र भावनाको सुन्दर संयोजनले नेपाली समाजको विविधता, समावेशिता र एकतालाई सशक्त रूपमा प्रस्तुत गरेको देखिन्थ्यो।

महराले भन्नुभयो, “कला र संस्कृतिले नै हाम्रो पहिचान बनाउँछ र देशलाई चिनाउँछ। त्यसैले यसलाई जगेर्ना गर्नु हाम्रो साझा जिम्मेवारी हो।”

नेपालकै नम्बर एक ब्यूटी सैलुनका रूपमा परिचित फेसियल हाउस आपनो २८ वर्ष देखिको अनुभबका साथ काठमाडौँसँगै देशैभरिका साखा बाट सेवाग्राहीलाई उच्चस्तरीय, आधुनिक र विश्वासिलो सौन्दर्य सेवा प्रदान गर्दै आएको छ। ग्राहक सन्तुष्टि, प्रशिक्षित जनशक्ति र निरन्तर नवप्रवर्तनमार्फत फेसियल हाउसले नेपाली ब्युटी उद्योगमा उदाहरणीय पहिचान स्थापित गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु