तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रेम र विवाहमा देखिएको भिन्नता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते, शनिबार ९:३५

–सुनकुमार अवाल

प्रेम र विवाह विल्कुलै भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्ने गर्दछन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्धहरु विवाहमा परिणत भैरहेका छन्। विवाहमा परिणत भएका यी प्रेम कहानीहरु सामाजिक दृष्टिमा सुन्दर पनि लाग्दछन् ।

तर प्रेम जस्तो स्वतस्फूर्त विषयलाई विवाह जस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्दछ र कति मर्दछ भन्ने विषयमा चाहिँ कसैले पनि विचार गरेको पाइँदैन । के विवाहपछि पनि विवाह अगाडिको स्वच्छन्द प्रेम बाँचिरहन्छ त रु प्रेम र यौनका गुरु भनेर कहलिएका ओशो भन्छन्– ‘प्रेम जीवन्त हुन्छ विवाह मृत ।’ उनका अनुसार विवाहपछिको जीवनमा प्रेमको लास मात्र बाँकी रहन्छ । लासहरु बीच जीवन्तता खोज्नु नै मूर्खता हो । उनको दाबी यो पनि छ कि प्रेमिका जीवन्त हुन्छे, पत्नी मृत हुन्छे ।

ओशोको भनाइ जतिसुकै अप्रिय लागे पनि यसमा सत्यताको अंश छ । ‘मान्छे स्वतन्त्र जन्मन्छ र पछि ऊ बन्धनमा पर्दछ’ भन्ने दार्शनिक रुसोको भनाइ कतै लागू हुन्छ भने त्यो सबैभन्दा बढी वैवाहिक जीवनमा लागू हुन्छ । हिन्दूू संस्कारमा त विवाहलाई ‘विवाह बन्धन’ भन्ने पनि गरिन्छ । प्रेमी–प्रेमिकाबाट पति–पत्नी भएपछि कुनै न कुनै रुपमा एक अर्काप्रतिको कर्तव्यको बन्धनमा बाँधिनु परेकोले नै बन्धन भनिएको हो ।

विवाहलाई एक प्रकारको खुला कारागार ठान्नेहरु पनि प्रसस्तै छन् । विवाह पछाडि आफूले चाहेजस्तो प्राकृतिक जीवन बाँच्न नपाइने हुनाले विवाह अगाडि नै गर्नुपर्ने जति गरी सकेर मात्र विवाह गर्ने भनेर ढिलो विवाह गर्नेहरु पनि पछिल्लो समयमा बढिरहेका छन् । ओशो त विवाहलाई कृत्रिम संस्थाको संज्ञा नै दिन्छन् ।
विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक फरक भूमिकामा पुग्दछन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वभाविकै हो । विवाह अगाडि मनोवैज्ञानिक धरातलमा एकअर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–पे्रमिका जब पति–पत्नीमा परिणत हुन्छन्, तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । हाम्रै समाज सापेक्षतामा हेर्ने हो भने पनि विवाहपश्चात पति मालिक बन्छ पत्नी वस्तु बन्छे । अनि मालिकको इच्छा पूरा गरिदिनु वस्तुको कर्तव्य हुन्छ । प्रेम गर्नेहरु प्रेमी–प्रेमिका नरहेर मालिक र वस्तुमा परिणत हुन्छन् भने त्यहाँ प्रेम नै कहाँ बाँकी रहन्छ र ?

विवाहपूर्वको प्रेम खुला गगनका उड्ने स्वच्छन्द पन्छी हो भने विवाहपश्चातको प्रेम पिँजडामा जकडिएको पन्छीजस्तै हो । पिँजडामा जकडिएको पन्छी पनि पन्छी नै भए पनि उसले पन्छीले जस्तो गरी कहाँ नै बाँच्न पाएको छ र रु पिँजडामा कुँजिएको पन्छी जसरी पन्छीजस्तो भएर बाँच्न पाएको हुँदैन विवाहपश्चात् प्रेमका अवशेषहरु बाँकी नै रहे पनि त्यो कर्तव्यको भारीले थिचिएर टाक्सिएको हुन्छ । यसैले विवाहपछिको प्रेम एउटा सम्झौता मात्र हो । तर प्रेमको गुण सम्झौता होइन, स्वतस्फूर्त बग्नु हो । पोखरीको पानी जस्तो बारिएर बस्न चाहँदैन प्रेम, नदीको पानी जस्तो बहन चाहन्छ ।

(नामी साप्ताहिकवाट साभार)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु