दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जेम्सलाई यु–१४ क्रिकेट उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते, आईतवार ६:१४

काठमाडौं, फागुन १६ गते ।
अपराजित रहँदै जेम्सले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
सानोठिमीस्थित मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जेम्सले अक्षरालाई ३ रनले पराजित ग¥यो । अक्षरा पनि कुनै खेल नगुमाइ फाइनलमा पुगेको थियो ।
कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ९ विकेट गुमाउदै ६४ रनको योगफल खडा ग¥यो । ‘प्लेयर अफ द म्याच’ कप्तान विदुस नेपालले २०, दीक्षान्त मिश्रले १६ र आरभ गुप्ताले ८ रन जोडे ।
बलिङमा अक्षराका हार्दिक न्यौपानेले ह्याट्रिक गरे भने अभिक अछामीले २ तथा कप्तान रिजेन बस्नेत र लक्ष्यजित मल्लले समान १–१ विकेट लिए ।
प्रत्युत्तरमा अक्षरा १० ओभरमा ६ विकेट क्षतिमा ६१ रनमा समेटियो । रिजेन बस्नेतले २२, नियोल राउतले १६ र लक्ष्यजित मल्लले १४ स्कोर गरे । जेम्सका विदुस नेपालले २ तथा सुभन शाह, प्रागभ पाण्डे र अविर लामिछानेले समान १–१ विकेट हात पारे ।
शनिबारै भएको सेमिफाइनलमा अक्षराले विश्वज्ञानलाई ८ विकेट तथा जेम्सले ग्यालेक्सी पब्लिक स्कुललाई २९ रनले हराउदै फाइनल यात्रा तय गरेका थिए ।
उपाधिसंगै जेम्सले ५० हजार नगद पुरस्कार हात पा¥यो भने उपविजेता अक्षराले २५ हजार नगद पुरस्कार पायो ।
अक्षराका रिजेन बस्नेत ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले माउन्टेन बाइक पुरस्कार पाए । ग्यालेक्सीका मिङमा तामाङ उत्कृष्ट ब्याट्सम्यान चुनिए । उनले ब्याट उपहार पाए । उत्कृष्ट बलर बनेका जेम्सका प्रागभ पाण्डेले जुत्ता पुरस्कार हात पारे ।
विजेतालाई मातृभूमिका को–ओर्डिनेटर जयराम अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ८ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु