तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

समाजसेवी गायिका सरिता महर्जनको गायन रहेको गंसि’ म्युजिकल सर्ट स्टोरीको भव्य विमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते, आईतवार ६:३९

काठमाडौँ । समाजसेवी गायिका सरिता महर्जनको गायन रहेको ‘गंसि’ (GANSI) नामक म्युजिकल सर्ट स्टोरीको विमोचन कार्यक्रम किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्स मा सम्पन्न भएको छ। कार्यक्रममा सांगीतिक तथा चलचित्र क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि निर्मल रत्न शाक्य (ललितपुर महानगरपालिका वडा नं. १६) रहनुभएको थियो भने विशेष अतिथिका रूपमा राजेन्द्र खड्गी सहभागी हुनुभएको थियो।

प्रमुख अतिथि शाक्य ले ‘गंसि’ समय सापेक्ष बनेको म्युजिक भिडियो भएको बताउनुभयो। उहाँले निर्देशक भूपेन्द्र बज्राचार्य को खुलेर प्रशंसा गर्दै उहाँको प्रस्तुति, मुखकण्ठ र सृजनशीलतालाई उच्च मूल्यांकन गर्नुभएको थियो। साथै, नेपाली कला क्षेत्रमा विशिष्ट छवि बनाएका मदनकृष्ण श्रेष्ठ पछिका सशक्त स्रष्टाका रूपमा भूपेन्द्र बज्राचार्य स्थापित हुन सक्ने धारणा व्यक्त गर्नुभएको थियो।
विशेष अतिथि राजेन्द्र खड्गी ले ‘गंसि’लाई पूर्ण लम्बाइको फिल्मका रूपमा विस्तार गरिए आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले भिडियो पुनः हेर्ने इच्छा व्यक्त गर्दै कथा तथा प्रस्तुति प्रभावशाली लागेको प्रतिक्रिया दिनुभएको थियो।

कार्यक्रममा सहभागीहरूले ‘गंसि’ले सांगीतिक सर्ट स्टोरी विधामा नयाँ सम्भावना प्रस्तुत गरेको उल्लेख गर्दै यस प्रकारका सिर्जनाले नेपाली सांस्कृतिक अभिव्यक्तिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।
‘गंसि’का गायकद्वय अमर चित्रकार र सरिता महर्जन रहेका छन्। गीतका शब्द तथा संगीत भूपेन्द्र बज्राचार्य ले तयार पार्नुभएको हो। एरेञ्जमेन्ट समेत बज्राचार्यकै रहेको छ भने रेकर्डिङ तथा मिक्सिङ फिर्जोज बज्राचार्यले (ज्योति रेकर्ड्स) गर्नुभएको जनाइएको छ।

सर्ट स्टोरीमा अमर चित्रकार, आराध्या लक्ष्मी खड्गी, भूपेन्द्र बज्राचार्य, भेष महर्जन, सुनेश शाक्य, राम चित्रकार, रविन्द्र शाक्य, चिरिबाबु महर्जन, राजेन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, नीरज प्रधान, मोहिदिन खान, विक्रम खड्गी, श्याम महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ। विशेष उपस्थितिका रूपमा राजेन्द्र खड्गी देखिनुभएको छ। नृत्यतर्फ श्रुयति शाक्य, स्मृति शाक्य, सुरवि शाक्य र रुमिका महर्जनको प्रस्तुति समावेश गरिएको छ।

छायांकन अमर चित्रकारले गर्नुभएको हो भने क्यामेरा टोलीमा सुनिल भण्डारी, राम चित्रकार र सुब्रिना चित्रकार रहनुभएको छ।
सहायक निर्देशकका रूपमा मन्जिल शाक्य र भेष महर्जन, कोरियोग्राफी आराध्या लक्ष्मी खड्गी, ड्रोन अपरेटर तथा सहायक सम्पादक सुब्रिना चित्रकार रहनुभएको जनाइएको छ।

सम्पादन तथा कलर अमर चित्रकारले गर्नुभएको हो भने पोस्ट–प्रोडक्सन AM Creation Nepal ले गरेको छ। कन्सेप्ट तथा निर्देशन भूपेन्द्र बज्राचार्यको रहेको छ। किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्स मा सम्पन्न ‘गंसि’ म्युजिकल सर्ट स्टोरीको विमोचन कार्यक्रममा सभाध्यक्ष तथा गायिका सरिता महर्जन ले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ।
उहाँले भिडियो निर्माणदेखि विमोचनसम्म साथ दिनुहुने कलाकार, प्राविधिक, सहयोगी तथा अतिथिहरूप्रति आभार व्यक्त गर्नुभएको थियो। सामूहिक प्रयास, समन्वय र समर्पणकै कारण ‘गंसि’ सफलतापूर्वक दर्शकमाझ ल्याउन सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य रहने विश्वास व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले सांगीतिक सर्ट स्टोरीको बढ्दो प्रवृत्तिले नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्ने धारणा राख्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु