
काठमाडौं निर्वाचन क्षेत्र नंबर ९ मा सूर्य चिन्हबाहक प्रतिनिधिसभा उम्मेदवार छन् डा.अजय क्रान्ति शाक्य बौद्धिक तथा शालिन व्यक्तित्वका रुपमा सवैले चिन्ने गरेका छन्। यसै क्षेत्रमा जन्मी हुर्केका अनि यसै क्षेत्रका जनताका सुख–दुःखका साथी बन्दैआएका डा.शाक्यको पक्षमा जनलहर नै आएको छ।
पार्टीभन्दा माथि जनताको मान्छे भन्न रुचाउने डा.शाक्यको भनाईमा अहिलेको युग सूचना प्रविधिको हो। त्यसैले यस पटकको निर्वाचनमा डा.शाक्यले परम्परागत शैलीसँगै ‘प्रविधिमैत्री चुनावी प्रचार’ लाई विशेष प्राथमिकता दिएका छन्। सूचना प्रविधिको उच्चतम उपयोग गर्दै आफूहरुले आफ्ना एजेन्डाहरू मतदाताबीच पुर्याएको बताएका छन्।
यसका साथै, उनी स्वयम् पनि मतदाताको घरदैलोमा पुगेर मतदाताका गुनासा र सुझाव सुन्ने कार्यमा अहोरात्र व्यस्त बनिरहेको भन्छन् । घरदैलो कार्यक्रममा आफूप्रति मतदाताहरूमा निकै ठूलो उत्साह र भरोसा पाएको बताउदै सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने र ठूला भाषण गर्ने कुरामा विश्वास गर्दिनँ र त्यो गर्न जान्दिनँ पनि । म जे गर्न सक्छु, त्यो मात्र बोल्छु भनेका छन्। उनी आफ्नो लागि राजनीति पेसा होइन, विशुद्ध सेवा हो भन्छन्।
डा.शाक्य भन्छन्-
”म यही काठमाडौँको निर्वाचन क्षेत्र नंबर ९ कै माटोमा जन्मिएँ, यहीँको हावापानीमा हुर्किएँ । त्यसैले यस क्षेत्रप्रतिको मेरो दायित्व अगाध छ । मेरो मूल ध्येय भनेकै यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । विशेष गरी काठमाडौँको मुटु मानिने यस क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धन मेरो पहिलो प्राथमिकता हो । म यहाँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई के विश्वास दिलाउन चाहन्छु भने— म जे बोल्छु, त्यो पूरा गर्छु र मेरो बाँकी जीवन यहीँको माटोको सेवामा समर्पित रहनेछ।”


