दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चेम्बर अध्यक्ष अग्रवालले काठमाडौँस्थित पद्मकन्या मतदान केन्द्रमा पुगेर ग​रे म​त​दान​ 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते, बिहीबार २०:००

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले काठमाडौँ, डिल्लिब​जार​ स्थित पद्मकन्या विद्याश्र​म​ माध्य​मिक विद्याल​य​ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष अग्रवालले आफूले दिएको मत परिवर्तन, पारदर्शिता र समृद्धिको पक्षमा रहेको बताए। उनले मताधिकार केवल प्रतिनिधि छनोटका लागि मात्र नभई राष्ट्रको समग्र विकास र आत्मनिर्भर नेपालको लक्ष्यलाई अघि बढाउने माध्यम भएको उल्लेख गरे।

 नागरिकले दिने प्रत्येक मतले देशको भविष्य र नीतिगत दिशालाई प्रभाव पार्ने भएकाले सबै मतदाताले जिम्मेवारीका साथ मतदान प्रक्रियामा सहभागी हुनु आवश्यक र​हेको उन​ब्ले उल्लेख​ ग​रे।  

अध्यक्ष अग्रवालले लोकतन्त्रलाई बलियो बनाउन नागरिकको सक्रिय सहभागिता अनिवार्य हुने उल्लेख गर्दै मतदानमार्फत जनताको आवाज सशक्त रूपमा अभिव्यक्त हुने बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु