तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते, बिहीबार २१:१५

काठमाडौं । २०८२ साल फागुन २८ गते विहीबार
हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्च महिनामा विश्वभरि प्रतियोगिता भइरहेको छ । त्यसै अन्तर्गत नेपालको एकमात्र प्रतियोगिता हामी आयोजना गर्दैछौं । चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवको रुपमा सञ्चालन हुने एक दिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागि हुनेछन् ।’ विहीबारसम्म ५० खेलाडी दर्ता भइसकेको पनि उनले बताइन् ।
नेपालमा महिला खेलाडीले मात्रै सहभागी हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाको लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा एकेडेमीकी संस्थापक खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रेष्ठले भनिन्, ‘नेपालमा महिला चेसलाई उत्सवको रुपमा मनाउने प्रयासमा मूर्तरुप दिन हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेका छौं । हामी क्वीन्स ग्याम्बिटलाई भव्य बनाउनेछौं ।’
गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका एक सय ४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जुन संख्या नेपाली महिला चेसकै कीर्तिमान हो । यसपाली शीर्ष आठसँगै यू ७, यू १०, यू १३ यू १६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइने छ । उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसर अवार्ड्स पनि प्रदान गरिनेछ ।
शनिबार (१४ मार्च) मा दोस्रो बार्षिकोत्सव मनाउने तयारीमा रहेको देशकै पहिलो चेस एकेडेमीले ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै हलमा फिडे मास्टर रिजेन्द्र राजभाण्डारी, इन्टरनेसनल मास्टर अतनु लहिरी (कमनवेल्थ चेस च्याम्पियन), याइशाष यासिर खम्बूसहितले चार वर्षदेखिका बालबालिकासहितलाई नियमित प्रशिक्षण दिदै आएको छ । उसले इभेन्ट म्यानेजमेन्टसँगै अनलाइन क्लास पनि सञ्चालन गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु