दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राप्र​पाबाट​ खस–आर्य पुरुष कोटामा भरत गिरी प्र​तिनिधि स​भाका लागि निर्वाचित​

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र २ गते, सोमबार ९:२७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ । आइतबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेका चार जनालाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले खस–आर्य पुरुष कोटाबाट भरत गिरी लाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरेको छ । भरत गिरी पार्टीभित्र निष्ठावान, सरल स्वभावका तथा देश र नागरिकको हितलाई सधैं पहिलो प्राथमिकतामा राख्ने नेता का रूपमा परिचित छन् । उनी सधैं राष्ट्र, राष्ट्रियता र नेपाली जनताको हितका लागि थप काम गर्ने सोच र प्रतिबद्धता राख्ने व्यक्तित्व मानिन्छन् ।

यसैगरी, समानुपातिक बन्दसूचीमा रहेका अन्य तीन जनालाई पनि प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

बैठकले पछिल्लो विषम राजनीतिक परिस्थितिमा समेत पार्टीका उम्मेदवारहरूलाई मतदान गरी प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही लाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ । साथै, शाहीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय समेत गरिएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले जानकारी दिएका छन् ।

अध्यक्ष लिङ्देनका अनुसार पार्टीले आगामी दिनमा संसदमार्फत जनताको अपेक्षा अनुसार जिम्मेवार, प्रभावकारी र राष्ट्रहितमा केन्द्रित भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु