दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिन्ध्यवासिनी म्युजिक अवार्डको सोह्रौं संस्करण आगामी चैत २७ गते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ३ गते, मंगलवार १८:५७

बिन्ध्यवासिनी म्युजिक अवार्डको सोह्रौं संस्करण आगामी चैत २७ गते राजधानीमा आयोजना गरिने भएको छ।
१६औँ बिन्ध्यवासिनी म्युजिक अवार्डमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ। बिन्ध्यवासिनी फाउण्डेसनको हालै नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा बसेको सल्लाहकार समिति तथा कार्य समितिको संयुक्त बैठकले मुक्तिनाथ विकास बैंकको प्रस्तुति रहने रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड २०८२ मा सम्मानित र पुरष्कृत हुनेको नाम सार्वजनिक गरेको हो।
समारोहमा संगीतकार शम्भुजीत बास्कोटालाई एक लाख रुपियाँ नगद र सम्मानपत्रसहित बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित गरिने भएको छ। त्यसै गरी ५० हजार रुपियाँ नगद र सम्मानपत्रसहित यसपटकको बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८२ बाट गीतकार बिजय शिवाकोटी र २५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिने भएको छ। बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो बर्ष २५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ भने लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक–संगीत सम्मान २०८२ बाट,२५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित लोक दोहोरी गायक पशुपती शर्मालाई सम्मान गरिने छ।
यस बर्षबाट अवार्डको बिधा घटाइएको विन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जानकारी गराएकी छन्। उनका अनुसार यस वर्षबाट पब्लिक च्वाईस अवार्डसमेत गरी कुल ११ बिधामा अवार्ड प्रदान गरिनेछ। यसै वर्षबाट हरेक बिजेतालाई ट्रफीसहित ५ हजार रुपियाँ नगदसमेत प्रदान गरिने रेग्मीले जानकारी गराइन्। बिन्ध्यवासिनी म्युजिक अवार्डको १६औं संस्करण आगामी चैत्र २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने अवार्डका सञ्चालक सुवास रेग्मीले जानकारी गराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु