दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ढल्यो ढल्यो (गीत)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ४ गते, बुधबार १३:४३

ढल्यो ढल्यो रे, अस्तायो अस्तायो रे,
बिलायो बिलायो रे, समयको छायाँ रे।
जे जे ढल्योस्, जे जे बिलायोस्,
मेरो देश कहिल्यै नढल्योस्।

देश नढल्योस्, देश नबिलाओस्,
हामी सबैको सास रहिरहोस्।
आँसु होइन, आशा बलिरहोस्,
मेरो नेपाल कहिल्यै नढल्योस्। 🇳🇵

ढल्यो एक युग, अहङ्कारको भार,
नातावाद, कृपावाद, टुट्यो त्यो संसार।
उम्लिएपछि पोखिनु, नियम नै हो जीवनको,
सत्यको उज्यालो छ, अन्तिम विजय त्यसैको।

देश नढल्योस्, देश नबिलाओस्…

गुराँस अझै फुलेको छ, डाँफे अझै उडेको छ,
सगरमाथा अडिग छ, गौरव अझै बचेको छ।
रातपछि दिन आउँछ, तारा झलमल गर्छ,
अँध्यारो जतिसुकै भए पनि, घाम फेरि उदाउँछ।

देश नढल्योस्, देश नबिलाओस्…

इतिहासले देखायो, समयले सिकायो,
ढाल्नेले अन्त्यमा आफैंलाई ढाल्यो।
चालक फेरिए पनि, यात्रु उही रहन्छ,
यो माटोको माया कहिल्यै नटुट्ने बन्छ।

देश नढल्योस्, देश नबिलाओस्,
आशाको दियो सधैं बलिरहोस्।
हामी सबैको एउटै आवाज होस्—
मेरो नेपाल कहिल्यै नढल्योस्। 🇳🇵

लेखक गोबिन्द राज ओझा राजन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु