दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

घोरिवाला मार्टको एनिभर्सरी अफर, सामान खरिदमा ७०% सम्म छुट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ५ गते, बिहीबार ७:३५

काठमाडौं । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत मार्च २० तारिख शुक्रबार देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।

विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट-ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेल वेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ ।

घोरिवाला मार्टले तारे होटल ,रिसोर्ट, रेस्टुरेन्ट,ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर,होटल म्यानेजमेन्ट कलेज क्लब, बार, पार्टी-प्यालेस, क्यान्टिन, सुपर-मार्केट, ग्रोसरी मार्टलगायत घरायसी चाहिने किचेनलगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ ।

मार्टबाट विगत ४८ वर्षदेखि ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उत्कृष्ट सामानहरू विक्री वितरण भइरहेको छ । सेवाग्राही पनि हाम्रो सेवाबाट सन्तुष्ट रहेको निर्देशक विनय घोरिवालाले बताउनु भयो । यसका साथै घोरिवाला मार्टले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु