तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एभरेष्टमा दुई दिने जिआइएस तालिम प्रारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ५ गते, बिहीबार ८:०६

काठमाडौं । नेपालमा उच्चस्तरको इन्जिनियरिङ अध्यापनमा अग्रणी भूमिका निभाइरहेको एभरेष्ट इन्जिनियरिङ कलेजमा दुई दिने जिआइएस तालिम आजदेखि प्रारम्भ भएको छ। कार्यक्रमबाट तेह्र जना महिला र बाह्र जना पुरूष सहित जम्मा पच्चीस जना प्रशिक्षार्थीहरू भोलि दीक्षित हुँदैछन्। भौगोलिक योजना बनाउन, स्थान विशेषको छुट्टै भूधरातलीय गुण अनुसार तथ्याङ्क विश्लेषण गर्न तथा विश्लेषणका परिणामहरू गैरप्राविधिकले पनि बुझ्ने गरी नक्सामा देखाउन मिल्ने जीआईएस सफ्टवेयरको तालिम पानी, हिमनदी तथा मौसम विज्ञानसँग सरोकार राख्ने सबैलाई चासोको विषय रहिआएको छ। हरेक वर्ष मार्च महिनाको तेस्रो हप्ता विश्वव्यापी जल सप्ताहको रूपमा मनाउने चलन छ। नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२६ अन्तर्गत हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल सरकारको जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विभिन्न कार्यक्रमहरू गरिँदै छन्। यसै अन्तर्गत जल तथा मौसम विद् समाज-नेपालको तत्त्वावधानमा एभरेष्ट इन्जिनियरिङ कलेज, जल तथा मौसम विद् समाज-नेपाल, द स्मल अर्थ-नेपाल र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेज सेमिनार हलमा उक्त कार्यक्रम सञ्चालन हुँदैछ। कार्यक्रमको प्रारम्भमा द स्मल अर्थ-नेपालका तर्फबाट त्रिविक्रम बस्नेतले कार्यक्रमको महत्व बारे प्रकाश पार्नुभयो। जल तथा मौसम विद् समाज-नेपालका अध्यक्ष तथा एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जीआईएस सफ्टवेयर स्नातक तथा स्नातकोत्तर कार्यक्रमका थेसिस तयार गर्न तथा भूधरातलीय वास्तविकतामा आधारित तथ्याङ्कको विश्लेषणमा अति उपयोगी भएकोले यस तालिमबाट प्राप्त सीपको अधिकतम उपयोग गर्न उपस्थित सबै प्रशिक्षार्थीहरूलाई सुझाब दिनु भयो। नेपाल इन्जिनियरिङ कलेजका सहप्राध्यापक डा. रघुनाथ प्रजापति यस तालिमका मूल स्रोत व्यक्ति हुनुहुन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु