दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘झम्के फुली नाकको फुली, सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ७ गते, शनिबार ७:०१

काठमाडौं । यहि चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो।

शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लोकलयमा आधारित छ। गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ भने संगीत साप शक्तिकै रहेको छ। गीतका शब्द सुवलमणि सापकोटाले लेखेका हुन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फलित राई, जाहान्वी बस्नेत, कुशल बिष्ट र आश्मा गिरीले नृत्य गरेका छन्। ग्रामीण परिवेश र नेपाली मौलिकतालाई झल्काउने दृश्यले गीतलाई अझ आकर्षक बनाएको छ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा छन्।

फिल्ममा लक्ष्मी वर्देवा, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे) लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको फिल्ममा विक्रम तामाङ कार्यकारी निर्माता छन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् भने छायांकन शिव ढकालले गरेका छन्। सम्पादन बनिश शाहको रहेको फिल्ममा संगीत साप शक्ति र बाबुल गिरीको छ।

फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु