दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राम नाम सत्य मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ७ गते, शनिबार ७:०७

काठमाडौं । राम नाम सत्य मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। OSR Digital मार्फत सार्वजनिक गरिएको गीतमा रोमान्टिक शैली प्रस्तुत गरिएको छ।

यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाउँदै लोकप्रियता कमाइरहेको बेला निर्माण टिमले नयाँ गीत ल्याएको हो।

सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगर को स्वर रहेको छ। गीतमा एसडी योगीको संगीत तथा मौसम अर्यालको शब्द रहेको छ भने भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विराज भट्ट र खुशी कार्की फिचर्ड छन्। दुवैको रोमान्टिक नृत्यले दर्शकको ध्यान खिच्ने देखिन्छ। गीतको छायांकन दैलेखमा गरिएको हो।

माइकल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको कथा, पटकथा तथा निर्देशन माइकल चन्द ले गरेका हुन्। फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत रहेको छ। मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन तथा बन्दे प्रसादको सम्पादन छ।

फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको फिल्म ‘राम नाम सत्य’को टिजरले समेत सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मप्रति दर्शकको अपेक्षा बढ्दो देखिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु