तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बागमती तेक्वान्दोमा पुरी निर्विरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र १४ गते, शनिबार ८:२२

काठमाडौं, चैत १३ गते ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोश्रो अधिवेशनले केशव पुरीलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
प्रकाश खड्गी र रमेशकुमार बखतीले उपाध्यक्ष, राजेश प्रजापतिले सचिव र उेमश नकर्मीले कोषाध्यक्षको जिम्मेवारी पाए । मदन गिरी, सरोज बाँस्कोटा, रामचन्द्र व्यञ्जनकार, दिनेशकुमार बाँडा, भास्कर श्रेष्ठ, सानुबाबु महर्जन, कविराज माली, राजेन्द्र खड्गी, रामकृष्ण श्रेष्ठ, काजल श्रेष्ठ, किशोर श्रेष्ठ र उषा गुरुङ सदस्यमा चयन भए ।
शुमनविक्रम पाण्डे, हरिहर ढुंगाना र अंशुकिरण शाही उपाध्यक्ष तथा श्याम तजले सदस्यमा मनोनित भए । किरण थापा, डा. रामहरि लामिछाने, दीपक मल्होत्रा र कुमार थापालाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
नवनिर्वाचित पदाधाकारीलाई निर्वाचन अधिकृत अधिवक्ता प्रचण्डप्रकाश प्रधान नौलाले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । त्यसअघि अधिवेशनको बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।
सो अवसर सभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु