दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र १४ गते, शनिबार ८:२४

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार छैटौं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबलाई १०२-६९ को अन्तरले पराजित गरेको हो ।
सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार खेल जित्दै आएको छ ।
पहिलो क्वाटर सोलोले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । तर हाउण्ड्स दोस्रो क्वाटरमा खेलमा फर्कियो र दोस्रो क्वाटर २८-१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५०-४४ ले अग्रता बनायो ।
हाउण्ड्सले तेस्रो क्वाटर २९-१४ र चौथो क्वाटर २६-११ ले आफ्नो पक्षमा पार्दै फराकिलो जित हात पारेको हो ।
९ खेलपछि १५ अंक जोडेर हाउण्ड्स चौथो स्थानमा कायम छ ।
हाउण्ड्सका उजेन नोर्बु गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए ।
सोलोको भने यो सातौं हार हो । सोलो ९ खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ ।
बिहीबार राती सम्पन्न खेलमा गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुरलाई ८७-६२ ले पराजित गरेको छ ।
गोल्डेनगेटका अजय कुशवाह खेलको म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु