
–श्याम स्मृत
ललितपुर । जीवन सधैं सरल हुँदैन। यसले कहिले काँडा देखाउँछ, कहिले फूल ! कहिले उज्यालो दिन्छ, कहिले अँध्यारो सुरुङ । नेपाली तथा नेपालभाषा कला–संस्कृति र साहित्यका आँट, साहस र धैर्यका प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन ४२ बर्षको अल्पायुमा सवैलाई रुवाएर यति धेरै चाँडै विदा भएको पनि बर्ष दिन पनि पुगेको छैन्।
मिति २०८२ साल असार २८ गते शनिवारको मिरमिरे विहानीसंगै सवैवाट टाढ्एिका स्वतन्त्र संसार महर्जनको केही दिनअघि मात्र सम्झना गरियो । मिति २०८२ साल चैत्र १३ गते शुक्रवारका दिन काठमाडौंको मध्यबानेश्वर स्थित सनराइज क्याफेमा रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको गाला नाइट नामक सांगीतिक कार्यक्रममा स्वतन्त्र संसार महर्जनको सम्झना गर्ने कार्य भएको हो ।
स्वतन्त्र संसार महर्जनले नेपाली तथा नेपालभाषा कला र कलाकारिता क्षेत्रमा दिएको योगदानलाई त्यहाँ सम्झनेहरुमा युगीन कलाकार तथा निर्देशक पवन जोशी देखि समाजसेवी गायिका सरिता महर्जनसम्म थिए । स्वतन्त्र संसार महर्जनको सम्झनामा जुजुकाजी रञ्जित, निशा देशार, रत्नशोभा महर्जन, दीपा महर्जन, सतीश महर्जन, युनिशा शर्पा देशार, सरिता महर्जन, आश्रय रञ्जित, राज गोपली, सुभाष मण्डल, गौतम मानन्धर, लसता जोशी र मनोज महर्जनसम्मले गीत गायन प्रस्तुत गरे । उनीहरुका गीत गायनमा स्वतन्त्र संसार महर्जनलाई सुने र उनलाई धेरै पटक सम्झना गर्ने कार्य भयो ।
जसमा समाजसेवी गायिका सरिता महर्जनले पछिल्लो समय स्वतन्त्र संसार महर्जनलसंगै गाएको युगल गीत “ल्यायम्हं जुयावल छ ल्यासे स्वः जुल–ल्यासे स्वय् न्ह्यः न्हापां कमाइ बःलाकेमाल–
छं दुःख सिल तता जिगु मन मच्वन–कारे तता भमचा छम्ह हयाब्यु याकन” बोलको उक्त गीतलाई त्यहाँ खोकनाकै सुप्रसिद्ध कलाकार मनोज महर्जनसंग गाएकी थिइन्। मनोज महर्जनसंग गीत गाउंदै गर्दा सरिता महर्जनले आफूसंगै स्वर्गवासी बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन आफूसंगै गाइरहेको अनुभूत गर्दा कतिपटक उनलाई सम्झेर भक्कानिएकी थिइन्।
मनको पिडा मनकै बोझ सवै विर्सेर उही कालो चश्मा लाउने स्वतन्त्र संसार महर्जन भाइसंगै गीत गाउंदै गर्दाको त्यो पललाई यादमा साँचेकी सरिता महर्जनले उक्त गीतको भिडियो समेत निर्माण गरेकी थिइन्। युगीन कलाकार तथा निर्देशक पवन जोशीको शव्द रचना तथा अनिल तुलाधरको संगीत रहेको उक्त गीतको भिडियोमा स्वतन्त्र संसार महर्जन आफैले पनि गीत गाएरै अभिनय गरेका थिए । जसमा सरिता महर्जन दिदी र भाइको रोलमा स्वतन्त्र संसार महर्जन नै थिए । जुन गीत स्वतन्त्र संसार महर्जनको जीवनकै अन्तिम गीत हुन पुग्यो ।
यसर्थ, यो गीत स्वतन्त्र संसार महर्जनको जीवनकै अन्तिम गीत भएकै कारण यसको अझ महत्व भएको स्वयम् गायिका सरिता महर्जनले भनेकी छन्। दुई सालअघि मात्र २०८० सालको दशैंको बेलामा मात्र चिनाजानी भएको स्वतन्त्र भाइसंग यति धेरै नजिकता भयो–दुई बर्षको चिनाजानी पनि युगौं युगको भएको जस्तो आत्मअनुभूत भएको तर्क राख्ने सरिता महर्जनको अनुभवमा स्वतन्त्रको मुस्कान, कुरा गर्ने शैली, आत्मिय बोली, र अझ गहिरो रूपमा भन्नुपर्दा आँखाभित्रको मानवीय संवेदना–ती सबैले छोएको थियो ।
सरिता महर्जन भन्छिन्–”कहिलेकाहीँ कुनै मान्छे मात्र होइन, ती मान्छेले ल्याउने ऊर्जा नै पर्याप्त हुन्छ, कसैलाई नयाँ उचाईमा पु¥याउन । स्वतन्त्र भाइ त्यस्तै ऊर्जा हुन्। उहाँको बोलीमा प्रोत्साहन थियो, साथमा अथाह प्रेरणा, अनि व्यवहारमा प्रतिबद्धता। उहाँ मेरो जीवनका ती थोरै मानिसहरूमा पर्नुहुन्छ, जसले मलाई जीवनमा धेरै प्रेरणा दिएर गएको छ । आत्म साहस र आत्मबल छाडे्र जानु भएको छ । स्वतन्त्र भाइलाई सदा सम्झिरहने छु। उहाँ अमर कलाकार बन्नु भएको छ। उहाँ आकाशको तारा भएर हामी सवैलाई हेरिरहनु भएको छ । मलाई अझैपनि सरिता दिदी भनिरहेको जस्तो आभाँस हुने गरेको छ।”
Source-NAMI Weekly News Paper


