दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यूएईमा घाइते ६ नेपाली डिस्चार्ज, एकको अवस्था सुधारोन्मुख

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र २२ गते, आईतवार ५:१४

यूएईको अबुधाबीस्थित अब्जान क्षेत्रमा इरानी मिसाइललाई निस्तेज बनाउँदा खसेको टुक्राबाट घाइते ६ नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। गम्भीर अवस्थामा रहेका एक जना पनि खतरामुक्त छन् ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार ६ जना घाइते नेपालीको उपचारपछि डिस्चार्ज गरिएको हो । गम्भीर घाइते एक जनाको भने अस्पतालमै उपचार भइरहेको छ ।

दूतावासले घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै चार जनासँग प्रत्यक्ष भेटेर अवस्थाबारे जानकारी लिएको जनाएको छ । आवश्यक सहयोग र समन्वयका लागि निरन्तर पहल भइरहेको दूतावासको भनाइ छ ।

घाइतेहरूको उपचार संयुक्त अरब इमिरेट्स सरकारको समन्वयमा भइरहेको छ । उपचाररत व्यक्तिको अवस्था सुधार हुँदै गएको र छिट्टै डिस्चार्ज हुन सक्ने सम्भावना रहेको पनि दूतावासले उल्लेख गरेको छ ।

यसैबीच, दूतावासले संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई स्थानीय निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ । आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न र सतर्क रहन पनि अनुरोध गरिएको छ ।

इरानबाट आएको मिसाइल र ड्रोनलाई निस्तेज बनाउने क्रममा टुक्राहरू खसेर उक्त घटना भएको थियो ।

यूएईको रक्षा मन्त्रालयका अनुसार शुक्रबार इरानबाट प्रहार गरिएका १८ वटा ब्यालिस्टिक मिसाइल, ४ वटा क्रुज मिसाइल र ४७ वटा ड्रोनलाई निस्तेज बनाइएको थियो । २८ फेब्रुअरीदेखि सुरु भएको युद्धयता यूएईले कुल ४७५ ब्यालिस्टिक मिसाइल, २३ क्रुज मिसाइल र २,०८५ ड्रोनमा अवरोध गरिसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु