दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युएस ओपन करातेमा सन्तोषलाई कांस्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र २३ गते, सोमबार १४:१७

काठमाडौं, – नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा कातातर्पm कांस्य पदक जितेका छन् ।
टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आइतबार भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ कांस्य पदक जितेका हुन् । यस प्रतियोगितामा सन्तोषले रिपेचाजमार्पmत पदक सुरक्षित गरे । रिपेचाजमा अमेरिकाका कारास्क्वेललाई हराउँदै सन्तोषले नेपाललाई पदक दिलाए । त्यसअघि पहिलो खेलमा अमेरिकाकै भियारो पिएरपाओलोलाई हराएर सन्तोषले विजयी यात्रा सुरु थिए । उनले दोस्रो खेलमा पनि अमेरिकाकै कोम्पस जोनीलाई पराजित गरे । तेस्रो खेलमा भने सन्तोष ओसाको हिसाओसँग पराजित हुन पुगे । यससँगै उनको फाइनल खेल्ने सपना पूरा हुन सकेन । तर, रिपेचाजबाट उनी पदक जित्न सफल भए ।
सन्तोषले फाइटमा पनि प्रतिस्पर्धा गरेका थिए । फाइटतर्पm उनले पाँच बाउट जिते पनि पदकका लागि पर्याप्त भएन । यस विधामा पनि रिपेचाजबाट पदकका लागि भएको भिडन्तमा सार्दी मार्सेलोसँग अन्तिम समय समालिन नसक्दा सन्तोष अर्को पदकबाट चुकेका हुन् । फाइटमा सन्तोषले पहिलो खेलमा अमेरिकाका नाथानियल जुनियरलाई ७–० ले पराजित गरेका थिए । त्यसपछि उनले अमेरिकाका सोर्बी ओरिया र कारास्क्वेललाई हराउँदै अगाडि बढे । चौथो खेलमा भने सन्तोषले घरेलु टोलीका कुचुकसँग पराजित भएपछि फाइनलमा पुग्न योजना पूरा भएन । उनका प्रशिक्षक सुनिल लामाले आफ्ना खेलाडीले सन्तोष जनक प्रदर्शन गरेको र अन्तिम समयमा समालिन नसक्दा अर्को पदकबाट चुकेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु