तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नयाँ वर्षको शुभकामना आदान-प्रदानसँगै पत्रकार लामा र रिमाललाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र २७ गते, शुक्रबार ५:४९

चैत २६ गते, काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंले नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान गरेको छ । आज संघले अध्यक्ष कृष्णराज तिमल्सिनाको सभापतित्व तथा प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा स्वतन्त्र पत्रकारहरुलाई सम्मान गरेको हो ।

सो अवसरमा प्रमुख अतिथी केसीले वर्तमान राजनीतिक अवस्था र नेताहरूको कार्यशैलीप्रति तिखो टिप्पणी गर्नुभएको छ । प्रा.डा. केसीले अघिल्लो संसदमा रहेका प्रमुख दलका नेताहरू आफैंले ल्याएको व्यवस्थाबाट भयभीत रहेको बताउनुभयो । “लोकतान्त्रिक अभ्यास र संस्कारको अभावका कारण नेताहरू आज के होला, भोलि के होला भन्ने डर र त्रासमा छन्,” उहाँले भन्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य संघका पूर्व अध्यक्ष पुष्कर पाण्डेले राख्नुभएको थियो । शुभकामना मन्तव्य राख्ने क्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पत्रकारिताको गरिमा र स्वतन्त्र पत्रकारिताको चर्चा गर्नु भयो । कार्यक्रममा टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे, विनायक अस्पतालका प्रबन्ध निर्देशक तथा भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष केपी लामिछाने, संघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकारहरू श्रीराम पुडासैनी र इन्दुल केसी, संघका ललितपुर अध्यक्ष सरिता थपलिया र पूर्व अध्यक्ष उपेश नवक, सल्लाहकार कृष्ण सापकोटा, राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद भूषाल, आम नेपाली टेलिभिजनका सञ्चालक डोल प्रसाद थापा लगायतले शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रममा बालाजु प्रहरी वृत्तका डिएसपि यमराज बञ्जाडे लगायतका व्यक्तित्वहरुको विशिष्ट उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्नुहुँदै सभापति कृष्णराज तिमल्सिनाले पत्रकारिता जगत पूर्ण रूपमा स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जबसम्म पत्रकारिता स्वतन्त्र हुँदैन, तबसम्म यसले आफ्नो वास्तविक धर्म निर्वाह गर्न सक्दैन । स्वतन्त्र पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको हकहित र प्रोत्साहनका लागि स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौं सदैव क्रियाशील रहनेछ ।”

दुई दशकदेखि सक्रिय पत्रकार सम्मानित

सोही अवसरमा पत्रकारिता क्षेत्रमा दुई दशकदेखि निरन्तर क्रियाशील रहँदै आएका पत्रकारद्वय मायालु लामा र रविराज रिमाललाई सम्मान गरिएको छ । उहाँहरूलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमा गरेको समर्पण र सेवाभावको कदर गर्दै पत्रकारलाई सम्मान गरेको संघले जनाएको छ ।

कार्यक्रम संयोजक एवं काठमाडौं जिल्ला शाखाका पूर्व उपाध्यक्ष सावित्रा बस्नेतले सम्मानित व्यक्तित्वहरूको योगदान र संघले प्रदान गर्दै आएको ’स्वतन्त्र पत्रकार सम्मान’को महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले संघले पत्रकारितामा क्रियाशील श्रमजीवीहरूको मनोबल बढाउन निरन्तर यस्ता सम्मान कार्यक्रम गर्दै आएको समेत जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु