दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१६औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र २८ गते, शनिबार २०:५०

काठमाडौ ।राजधानीमा शुक्रवार साँझ १६औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ।
विन्ध्यवासिनी फाउण्डेसनद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रममा १२ विधामा अवार्ड र ५ विशिष्ट सम्मान प्रदान गर्दै नेपाली संगीत क्षेत्रका सर्जक तथा कलाकारको योगदानको कदर गरिएको छ।
अवार्डतर्फ परेली गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने के हेरेको टुलुटुलुबाट समिक्षा अधिकारी सर्वोत्कृष्ट गायिका बनिन्। मिर्मिरेमा बासेको भालेबाट शिव हमाल उत्कृष्ट संगीतकार र परदेशी हुनै मन छैनबाट भुपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार घोषित भए।
लोकदोहोरी विधामा झलिकोबाट अर्जुन सापकोटा उत्कृष्ट गायक तथा भ्याप्पै आए बाहुन दाईबाट ज्योति मगर उत्कृष्ट गायिका बने। म्युजिक भिडियोतर्फ कता हिँड्रयो साइलाबाट प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडी घोषित हुँदा मायालाई पानको पातबाट विक्रम चौहान उत्कृष्ट निर्देशक चुनिए।
त्यसैगरी ए आमा जाम भन्यो मलाईबाट बुद्ध थापा उत्कृष्ट छायाँकार, वैशले जुरुक्क पार्‍योबाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडियो संगीतकार तथा पैसा जोगाउनबाट रीतु बोहरा नवप्रतिभा अवार्डबाट पुरस्कृत भए। सबै विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा विशेष सम्मानहरू पनि प्रदान गरिए। वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गरियो। गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान, गायिका रचना रिमाललाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, लोकगायक पशुपति शर्मालाई झलकमान लोक संगीत सम्मान तथा पत्रकार पवन आचार्यलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई गुरुआमाको समूहद्वारा प्रस्तुत नृत्यले रंगीन बनेको थियो। समिक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्माको सांगीतिक प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बन्यो।
लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता शम्भुजीत बासकोटाको सम्मानमा सुमनकुमार श्रेष्ठले उनका चर्चित गीतहरू प्रस्तुत गरेका थिए। सुमनकुमारलाई आयोजक संस्थाका सञ्चालक सुवास रेग्मीले पनि गायनमा साथ दिएका ििथए। त्यसै गरी विजय शिवाकोटीको सम्मानमा अजर जंगमले उनका सिर्जनाहरू गाएर माहोल थप उत्साहित बनाएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले नेपाली सांगीतिक सर्जकहरूको सम्मान, संरक्षण र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिईंदै आएको बताइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु