तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

यस्तो छ आज २०८२ चैत ३० गते शुक्रबारको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ३० गते, सोमबार ६:१०

आज – ३० चैत्र २०८२ सोमवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उत्साह र आत्मविश्वास बढ्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्ने सम्भावना छ। गुरुजन र अग्रज व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र दान पुण्यको कार्यमा संलग्न हुने अवसर मिल्नेछ। नयाँ योजना बनाउन अनुकूल समय रहेको छ। मित्र वा सहकर्मीहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक पक्षमा सुधार आउनेछ। परिवारका सदस्यहरूसँग सहकार्य बढ्नेछ। जीवनसाथीको सहयोगले महत्वपूर्ण कार्य पूरा हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन वा अनुसन्धानको कार्यमा सफलता मिल्नेछ। पहिलाको काम बन्ने र नयाँ अवसर प्राप्त हुनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा उत्साह बढ्नेछ। नयाँ काम सुरु गर्ने अनुकूल समय रहेको छ। चिताएको काम बनाउन सकिनेछ। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भौतिक संसाधन जुट्नेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। मुद्दा मामलामा पक्ष मजबुत रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा ज्ञान र अनुभवको लाभ मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सल्लाह उपयोगी सिद्ध हुनेछ। कार्यक्षेत्रमा सानो प्रयासले पनि राम्रो परिणाम दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक लाभको अवसर प्राप्त भएतापनि पनि गलत निर्णयले गर्दा लाभ उठाउन नसकिएला। यात्राबाट लाभ हुने संकेत छ। काममा निरन्तरताले सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा सामान्य सुधार आउनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा कानुनी नियमको पालना गर्नुहोस्। दिएको ऋण फिर्ता लिने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूसंग समय बिताउँदा खुशी मिल्नेछ। नयाँ योजनातर्फ सफल हुने सम्भावना छ। आर्थिक पक्ष सबल रहनेछ। बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रु तथा प्रतिस्पर्धीहरूसँग सम्झौता गर्नुपर्ला। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् सचेत रहनुहोस्। सोचे अनुसार फाइदा नहुन सक्छ। नियम मिचेर काम गर्दा दुःख पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु