दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उज्यालो टाईम्सद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ३० गते, सोमबार १७:५२

भरतपुर – उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.द्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष प्रमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि खनालले उज्यालो टाईम्स मिडियाले समाजको विकृति, विसंगतिको विरुद्ध आवाज उठाउँदै आईरहेको र अझै मिडियाले आफ्नो कार्यलाई अगाडि बढाउँदै उचाई पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा मनकामना अस्पताल प्रा.लि.का नर्सिङ प्रशासन प्रमुख कविता खतिवडा, चितवन अटो मोवाईल्स रिकण्डिसन एशोसिएसनका अध्यक्ष दिपक खड्का, युरो अटोमोटिभ प्रा.लि.का अध्यक्ष रुबिन रामुदामु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामनासँगै उज्यालो टाईम्सले प्रकाशन गरेको नववर्ष २०८३ को भित्रपात्रो (क्यालेण्डर) को समेत बिमोचन गरिएको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का निर्देशक राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु