दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय आईटीएफ तेक्वान्दो सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ५ गते, शनिबार ४:१८

काठमाडौं, बैशाख ४ गते ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता तथा दोश्रो यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेप कार्यकारी समितिका सदस्य कमबहादुर भट्टराई, राखेपका पूर्व सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधा समावेश छन् । त्यसमा राष्ट्रियमा ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि भिडन्त भइरहेको छ । यु–१५ मा २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।
पहिलो दिन राष्ट्रियमा पुरुषमा ६ र महिलामा ५ स्वर्णको टुंगो लाग्यो । यु–१५ को पुरुषमा १० र महिलामा ७ गरी १७ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु