दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्न साबिक विजेता निरजलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ५ गते, शनिबार ४:२१

काठमाडौं, वैशाख ४ – साबिक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। उनको यो करियरको पाँचौं उपाधि हो।
लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंक बहादुर कार्कीलाई ३÷२ ले हराउँदै उपाधि जितेका हुन्। जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे।
रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा कुनै पनि समय टंकले निरजलाई उछिन्न सकेनन्। नवौं होलको समाप्तीमा निरजले २ होलको अग्रता बनाएका थिए। १८औं होल सकिंदा भने ५ होलको स्पष्ट अग्रता बनाए। यसपछि २० औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे। तर २२औं होलमा इगल प्रहार गर्दै निरजले पुनः ५ होलको अग्रता बनाए।
५–० ले पछि परेका टंकले २३औं, २४औं र २५औं होल जित्दै अग्रता २ होलमा घटाए। यसपछि ३३औं होल निरजले जिते भने ३४औं होल बराबरीमा सकिंदा २ होल अगाडि निरजले ३÷२ को जितका साथ उपाधि रक्षा गरे।
टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके। टंकले ७५ हजार हात पारे। छेटौं वरियताका रवि खड्का तेस्रो भए। उनले चौथो वरियताका सञ्जय लामालाई ३÷१ ले हराए। तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो।
क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापति र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे। पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु