दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ६ गते, आईतवार ५:१८

काठमाडौं, बैशाख ५ गते । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस चाम्पियनसिपमा पदक जित्ने आप्mना दुई खेलाडीलाई शनिबार सम्मान गरेको छ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका निश्चल थापा र सुरम्या शाक्यले सो प्रतियोगितामा नेपालको प्रतिनधित्व गर्दै पदक जितेका थिए ।
अखिल नेपाल टेबलटेनिस संघका पूर्व उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी एसियाली टेबलटेनिस युनियनका उपाध्यक्ष शंकर गौतमलगायतले निश्चल र सुरम्यालाई नगद, हुवाईको स्मार्ट वाच र प्रमाणपत्रसहित सम्मान गरे । सोही अवसरमा प्रशिक्षक राकेश महर्जनलाई पनि सम्मानित गरियो । यसैगरी केही समयअघि इन्टरटेनमेन्ट टेबलटेनस प्रतियोगिता प्रायोजन गर्ने मेटल सेफर्सका अध्यक्ष निम जोशीलाई पनि सम्मान गरिएको थियो ।
भारतको सिमलामा अप्रिल ८ देखि ११ सम्म भएको प्रतियोगितामा नेपालले यु१५ महिला÷पुरुष तथा यु १९ महिला डबल्समा सहभागिता जनाएका थिए । जसमा नेपालले कूल तीन रजत र काशय पदक प्राप्त गरेको थियो । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका खेलाडीहरु निश्चलले यु१५ ब्वाइज डबल्समा एक रजत र यु१५ ब्वाइज टिममा एक काश्य तथा सुरम्याले यु१५ ल्र्स डबल्समा एक रजत र यु१५ गल्र्स टिममा एक काश्य तथा सुरम्याले एक रजत र एक काश्य पदक हासिल गरेका थिए । यस प्रतियोगितामा नेपाल , आयोजक भारत, बंगलादेश, श्रीलका र माल्दिभ्सले सहभागिता जनाएको छ। स्ट्याग च्याम्पियन्स लगातार नौ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ र प्रशिक्षक महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु