
काठमाडौ । चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार राति सम्पन्न संघको १०औँ महाधिवेशनबाट समीर बलामी दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
बलामीले आफ्ना निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै पुनः नेतृत्व सम्हाल्न सफल भएका हुन् ।
निर्वाचन परिणामअनुसार उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा र उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष (महिला) मा दिपज्योति थापा चयन भएकी छन् ।
त्यसैगरी, महासचिवमा गोपीकृष्ण चापागाई र सचिवमा मदन रिजाल निर्वाचित भएका छन् । सचिव (समावेशी) तर्फ महम्मद जालिम निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी भएका छन् ।सदस्य पदमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म चलचित्र पत्रकारिताको हकहित संरक्षण तथा समग्र उत्थानका लागि काम गर्ने जनाएको छ ।


