दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ सर्वसम्मत चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ६ गते, आईतवार १४:१५

पोखरा, बैशाख ५ ।

लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको वर्ष २०२६/२७ का लागि अध्यक्षमा पदम श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन्।

पोखराको होटल दिपसागरमा आज सम्पन्न क्लबको वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाललाई सफल बनाउन सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य एवं सल्लाहकारहरूको साथ र सहयोग अपरिहार्य रहने बताउँदै सबैप्रति आभार व्यक्त गरे। उनले क्लबमार्फत सामाजिक सेवा, मानव कल्याण तथा समुदाय विकासका कार्यक्रमहरूलाई थप प्रभावकारी र उचाईमा पुर्‍याउने प्रतिबद्धता समेत जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका संस्थापक अध्यक्ष तथा इन्टरनेशनल एडभाइजर लायन डोलराज पोखरेलले ‘आफ्नो लागि सबैले गर्छन्, अरूका लागि केही गरौँ’ भन्ने मूल भावनाका साथ क्लब स्थापना भएको स्मरण गरे। उनले क्लबले अहिलेसम्म निर्वाह गरेको सामाजिक भूमिकाप्रति खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए।

साधारण सभाबाट वर्ष २०२६/२७ का लागि अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा लायन कृष्ण प्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा लायन नेपाल प्रकाश अधिकारी र तृतीय उपाध्यक्षमा लायन कल्याण तिमिल्सिना चयन भएका छन्। त्यसैगरी सचिवमा लायन शिवप्रसाद रिमाल, सह–सचिवमा लायन सुर्यप्रसाद पोखरेल र कोषाध्यक्षमा लायन कुलप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भए।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू लायन कृष्णराज पराजुली, मोहदत्त भुषाल, नरेश सुवेदी र शक्ति बराल लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आफ्ना धारणा राखेका थिए।

वर्तमान अध्यक्ष लायन विष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डिस्ट्रिक्ट जोन चियरपर्सन लायन नरेश सुवेदीले गरेका थिए। नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विशेष योजनाहरू अघि सार्ने लक्ष्य लिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु