तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नयाँ बर्षको उमंग– आर्थिक दबाबको यथार्थ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ७ गते, सोमबार २०:०२

–शारदा बजगाई
🔶🔶🔶

विक्रम सम्वतको पात्रो बदलिएसँगै नेपालीहरूको घर दैलोमा नयाँ वर्ष २०८३ भित्रिएको छ। प्रकृतिमा पलाएका नयाँ पालुवा र चैत वैशाखको सुगन्धले वातावरण मा उत्सवको सञ्चार गरे पनि आम नेपालीको भान्सा र खल्तीमा भने आर्थिक शिथिलताको बाक्लो छाया प्रष्ट देखिन्छ।
नयाँ वर्ष मानव जीवनको एउटा महत्त्वपूर्ण मोड हो। जहाँ पुराना अनुभवहरूलाई सम्झिँदै नयाँ आशा आयोजना र लक्ष्यहरूका साथ अगाडि बढ्ने अवसर पाइन्छ। नेपालजस्तो बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक देशमा नयाँ वर्ष सांस्कृतिक सामाजिक र नैतिक मूल्यहरूको पुनस्मरण गर्ने वर्ष पनि हो।
नेपालमा मनाइने नेपाली नयाँ वर्ष विशेषगरी वैशाख १ गते मनाइन्छ। यस दिनलाई मानिसहरूले घर सफा गनर्,े नयाँ लुगा लगाउने, शुभकामना आदानप्रदान गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, मठ–मन्दिर जाने साथीसँग मिलेर पर्यटकीय स्थलहरु भ्रमण गर्ने चलन छ। यसले पारिवारिक, सामाजिक तथा व्यक्तिहरूमा मैत्रीभाव स्थापना गराई सम्बन्धलाई अझ मजबुत बनाउँछ र सामाजिक सद्भाव बढाउँछ।
रहर सबैसँग होलान् घुम्ने रमाउने साथीभाइ भेटघाट गर्ने तर हरेक कुरा घरको आर्थिक अवस्थासँग जोडिएको हुन्छ। त्यसैले भएका रहरहरू लुकाएर बस्न सक्ने साहस भएका घरपरिवारका बालबालिका युवा पुस्तामा पनि देशमा बदलिएको व्यवस्था तथा नयाँ परिवर्तनले क्षमता अनुसारको रोजगारी सृजना गरी आउने नयाँ वर्षहरू राम्रा रमाइला बनुन् भन्ने अपेक्षा रहेको छ।
नेपाली अर्थतन्त्र हाल एक जटिल मोडमा छ। विश्वव्यापी अस्थिरताको असर नेपालमा पनि देखिएको छ। हरेक उपभोग्य वस्तुहरूको बजार भाउ आकासिएको छ। खाद्य पदार्थ इन्धनको मूल्यमा भएको वृद्धिका कारण सामान्य जीवनयापन पनि एकदमै कठिन भएको छ। यस्ता सम्पूर्ण जटिलताहरू चाँडै हटेर गए भने मात्र नेपालीहरुले सहुलियत सुरक्षा र जीवनयापनमा सहजता महसुस गर्न सक्दछन्।।
अन्तत नयाँ वर्ष केवल उत्साह मात्र नभई आत्मा मूल्याङ्कन गर्ने सुधार गर्ने र भविष्यप्रति आशावादी बन्ने अवसर पनि हो। यसले हाम्रो जीवनमा नयाँ ऊर्जा उमङ्ग र जिम्मेवारीको भावना जागृत गराउँछ। त्यसैले नयाँ वर्षलाई सांस्कृतिक सामाजिक मूल्य मान्यता सहित मनाउनु हाम्रो कर्तब्य हो।

News from NAMI Weekly

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु