दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि एनआरएन र सांस्कृतिक संस्थानबीच महत्वपूर्ण छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ९ गते, बुधबार १४:४२

गैरआवासीय नेपाली संघ (NRNA) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम नाथ सापकोटाले सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूसँग भेटघाट गर्नुभएको हो।
उक्त भेटमा नेपालको गौरवशाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै “अतिथि देवो भव:” को मूल भावका साथ विदेशी नागरिकलाई नेपाल भ्रमणतर्फ आकर्षित गर्ने तथा “सांस्कृतिक पर्यटन” को विकासलाई अझ सुदृढ बनाउने विषयमा गहन विचार आदानप्रदान भयो। छलफलका क्रममा मुनामदन नाटक, नेपालका विभिन्न जात्रा तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विश्वव्यापी प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिनुका साथै गैरआवासीय नेपाली संघ (NRNA) का नीति तथा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी ढंगले अगाडि बढाउन सहकार्य गर्ने विषयमा सांस्कृतिक संस्थान सधैं प्रतिबद्ध रहेको कुरा व्यक्त गरिएको छ। दुवै पक्षबीच सहकार्यलाई अझ सुदृढ बनाउने सहमति समेत भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु