तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ९ गते, बुधबार १७:४३

काठमाडौं बैशाख ९ गते । नागर्जुन र ज्ञानसंस्कारले अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छन् । नागर्जुन ब्वाइज तथा ज्ञानसंस्कार गल्र्समा च्याम्पियन बने ।
टोखा नगरपालिका सामाखुशीस्थित ज्ञानसंस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा नागर्जुनले केएमसीलाई २१–१७ ले पराजित ग¥यो ।
श्रृजनशील स्पोट्र्स क्लबद्वारा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा ज्ञानसंस्कारले बौद्ध चिल्ड्रन हेभेनलाई १७–११ ले हरायो ।
ब्वाइजमा नागर्जुनका प्रिन्स कुश्वा तथा गल्र्समा ज्ञानसंस्कारकी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई ज्ञानसंस्कारकी प्रिन्सिपल निलम बानियाँ बडू, श्रृजनशील स्पोट्र्स क्लबका अध्यक्ष सुदेवजंग पण्डित, भिजन स्पोर्ट््स एकेडेभीका अध्यक्ष वृजेश बोहरा, ज्ञानसंस्कारकी एडमिन हेड लालीमा मालाकारलगायतले एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरे । ब्वाइजमा ८४ तथा गल्र्समा ३४ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु